पोखरामा भएका प्रतिस्पर्धामा नेपाललाई ४ स्वर्णसहित ३४ पदक | Khabarhub Khabarhub

पोखरामा भएका प्रतिस्पर्धामा नेपाललाई ४ स्वर्णसहित ३४ पदक


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- यही मङ्सिर १५ देखि शुरु १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पोखरामा सम्पन्न स्पर्धामा नेपालले चार स्वर्णसहित कूल ३४ पदक जित्न सफल भएको छ ।

पोखरमा सञ्चालन भएका आठ खेलका कूल १ सय ५१ पदकका लागि भएको स्पर्धामा आयोजक नेपालले ट्रायथोलन र भारत्तोलनमा दुई/दुई स्वर्ण पदक जितेको हो । भारत्तोलनमा नेपालका तर्फबाट सञ्जु चौधरी (महिला ५९ केजी) र विकास थापाले (पुरुष ८९ केजी) तौल समूहमा स्वर्ण जितेका थिए ।

त्यसैगरी ट्रायथोलनअन्तर्गत महिला स्पर्धामा सोनी गुरुङ र डुआथोलनको पुरुषतर्फ हिमाल टमाटाले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

नेपालले ट्रायथोलन तथा भारत्तोलनमा तीन/तीन रजत तथा आर्चरी, पुरुष ह्याण्डबल तथा महिला फुटबलमा एक/एक गरी नौ रजत पदक जित्न सफल भयो ।

त्यसैगरी भारत्तोलनमा ११, ब्याडमिन्टनमा पाँच, आर्चरीमा दुई, महिला क्रिकेट, ट्रायथोलन र महिला क्रिकेटमा एक/एक गरी २१ रजत पदक जितेको छ । पोखरामा सम्पन्न स्पर्धामा भारतले सर्वाधिक १९ स्वर्ण तथा पाँच रजत र चार कास्य गरी कूल २८ पदक जित्न सफल भयो ।

भारतले भारत्तोलनमा नौ, ब्याडमिन्टनमा छ ट्रायथोलनमा दुई तथा महिला फुटबल तथा पुरुष ह्याण्डबलमा एक/एक स्वर्ण जित्न सफल भयो ।

बङ्गलादेशले १३ स्वर्ण, सात रजत र आठ कास्य गरी २८ पदक जितेको छ । आर्चरीमा १० भारत्तोलनमा दुई र महिला क्रिकेटमा बङ्गलादेशले एक स्वर्ण जितेको छ । त्यसैगरी श्रीलङ्काले छ स्वर्ण २३ रजत र आठ कास्य गरी ३७ तथा पाकिस्तानले छ स्वर्ण दुई रजत र छ कास्य गरी १४ पदक जितेको छ ।

श्रीलङ्काले भारत्तोलन तथा बीच भलिबलमा दुई/दुई तथा ब्याडमिन्टन र एक ट्रायथोलनमा एक/एक स्वर्ण जितेको छ । पाकिस्तानले भारत्तोलनमा पाँच तथा महिला ह्याण्डबलमा एक स्वर्ण जितेको हो । भूटानले आर्चरीमा पाँच रजत र तीन कास्य तथा भारत्तोलनमा एक कास्य गरी जम्मा नौ पदक जितेको छ । माल्दिभ्सले महिला फुबटलमा एक कास्य पदकमात्र जित्न सफल भयो ।

यही मङ्सिर १५ देखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा भारत्तोलनमा ६०, आर्चरीमा ३०, ब्याडमिन्टनमा २८, ट्रायथोलन १५, बीच भलिबल र ह्याण्डबलमा छ/छ, महिला क्रिकेट र महिला फुटलबमा तीन/तीन गरी कूल १५१ पदकका लागि नेपालसहित सात राष्ट्रबीच स्पर्धा भएको थियो ।

पोखरामा सम्पन्न भएका आठ खेलका लागि ८२४ खेलाडी तथा अफिसियलले सहभागिता जनाएका थिए भने खेल सञ्चालनका लागि ४९१ प्राविधिक तथा अफिसियलको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ८ : १९ बजे

खानेपानी विभागको वित्तीय प्रगति ९० प्रतिशत

काठमाडौं – खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले

दिक्तेलमा कोशीको पूर्वाधार विकास कार्यालय

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास

रुट र बुमराह ब्याटिङ र बलिङ वरीयताको शीर्ष स्थानमा

काठमाडौं – टेस्ट वरीयतामा ब्याटिङतर्फ इंग्ल्यान्डका जोए रुट तथा बलरमा

भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो

चितवन – भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

वीरगञ्ज– बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन