सागको फुटबलमा स्वर्णका लागि नेपाल र भुटान भिड्दै « Khabarhub

सागको फुटबलमा स्वर्णका लागि नेपाल र भुटान भिड्दै



काठमाडौं – पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा पुगेको पाहुना टोली भुटानसँग नेपाल स्वर्णका लागि खेल्दैछ।

दशरथ रंगशालामा हुने १३ औैं सागको फाइनलमा खेल्न लागेको नेपाल लगातार दोस्रो तथा सागमा चौथोपटक स्वर्ण जित्ने लक्ष्यमा छ।

५ जना अनुभवी खेलाडीको साथ र कमजोर मानसिकतामा रहेको भुटानलाई दर्शकको अगाडि पराजित गर्ने योजना नेपालले बनाएको छ।

‘हामी चौथोपटक सागमा स्वर्ण जित्ने लक्ष्यमा छौं । मलाई विश्वास छ हाम्रा खेलाडीले राम्रो खेल्दै स्वर्ण रक्षा गर्नेछन,’ मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले भने ।

महर्जनसहित अहिलेको प्रशिक्षकहरुमा अन्य तीन जना प्रशिक्षक पनि सागका स्वर्ण विजेता हुन्। महर्जनसँगै सहायक प्रशिक्षक राजेश मान्नधर, म्रिगेन्द्र महर्जन र राखेपका प्रशिक्षक मिलन भक्त हाडा नेपालले सन् १९९३ मा स्वर्ण सजत्दाका खेलाडी हुन् ।

यस्तै, विक्रम लामा, गोलकिपर विकेश कुथु, डिफेन्डर अनन्त तामाङ र कप्तान सुजल श्रेष्ठ यसअघिको १२ औैं साग नेपालले स्वर्ण जित्दा टोलीमा महत्वपूर्ण खेलाडीका रुपमा रहेका थिए। लगातार दोस्रो स्वर्ण जित्ने लक्ष्य बनाएको नेपालले यो संस्करणमा अपराजित रहँदै फाइनल पुगेको छ।

लिग चरणमा भुटानमाथि ४–० गोलको फराकिलो जित हात पारेको नेपालले श्रीलंकासँग बराबरी खेलेको थियो ।

दक्षिण एसियाली देशहरुमा भुटान तुलनात्मक रुपमा कमजोर टोली हो। अहिलेसम्मको उसको विगत हेर्ने हो भुटान सागको इतिहासमा पहिलोपटक फाइनल पुगेको हो।

कप्तान चेन्चोले नेपाली भूमि आफ्ना लागि ‘लक्कि’ रहेको प्रतिक्रिया दिएका छन्। नेपालविरुद्व अन्तर्रास्ट्रिय डेब्यु गरेका उनले पोखरामा खेलेको पहिलो खेलमा डेब्यु गोल गरेका थिए।

नेपालविरुद्धको खेलमा भुटान नयाँ कीर्तिमान बनाउने लक्ष्यसहित मैदान उत्रिनेछ । पहिलो पटक सागको फाइनलमा स्थान बनाउँर्द कीर्तिमान बनाइसकेको भुटान नेपालमा पहिलो स्वर्ण जित्ने लक्ष्यमा छन् ।

१३ औं सागमा भुटानले स्वर्ण पदक कुनै पनि खेलमा जित्न सकेको छैन् । तर, फुटबलको फायनलमा पुगेको भुटान स्वर्ण तालिकामा पनि अंक थप्ने लक्ष्यमा छ ।

पछिल्लो समय भुटानको फुटबलले नयाँ धार समातेको छ । उमेर समूहदेखि राष्ट्रिय टोलीमै भुटान बलियो बन्दै गएको देखिन्छ ।

नेपालले भुटानलाई कमजोर नआक्ने प्रशिक्षकले यसअघि नै बताइसकेका छन् । ‘हामी कुनै पनि विपक्षीलाई कमजोर रुपमा लिँदैनौं । भुटानसँग हामी स्वर्णका लागि लड्ने छौं,’ महर्जनले भने ।

नेपाल र भुटानबीचको खेल आज दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । फाइनल सँगै सागको समापन पनि आजै हुनेछ भने १४ औं साग आयोजनाका लागि पाकिस्तानलाई झण्डा हस्तान्तरण गर्दै साग नेपालबाट बिदा हुनेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ९ : २१ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका