१४ औं साग पाकिस्तानमा हुने « Khabarhub

१४ औं साग पाकिस्तानमा हुने


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १४औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानमा हुने निश्चित भएको छ ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको २३ मंसिरमा बसेको बैठकले सागको अर्को संस्करण पाकिस्तानमा गर्ने सर्वसहमतिले निर्णय गरेको हो ।

बैठक दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको थियो । सन् २०२१ मा साग गर्ने भए तापनि अबको ६ महिनापछि पाकिस्तानमा बैठक बसी अर्को सागको मिति तोक्ने निर्णय गरिएको छ ।

त्यसैगरी, दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक नेपालमा नै राख्ने निर्णय भएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बताए ।

‘सबै देशका लागि सहज हुने भएकाले नेपालमा नै सचिवालय राख्ने निर्णय भएको छ,’ उनले भने । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३औं साग सफलताका साथ सम्पन्न गरेकोमा १३औं साग आयोजक समिति, नेपाल तथा दक्षिण एसियाका सबै राष्ट्रिय ओलम्पिक कमिटीलाई धन्यवाद ज्ञापनसमेत गरेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ९ : ३० बजे

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि