साग फुटबलमा नेपाल चौथो पटक च्याम्पियन बन्दाको खुशी [फोटो फिचर] « Khabarhub

साग फुटबलमा नेपाल चौथो पटक च्याम्पियन बन्दाको खुशी [फोटो फिचर]



काठमाडौं- नेपाल साग फुटबलमा चौथो पटक स्वर्ण जित्न सफल भएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)काे पुरुष फुटबलमा नेपालले स्वर्ण जित्दै चौथो पटक स्वर्ण जितेको हो ।

मंगलबार दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै स्वर्ण चुम्न सफल भएको हो ।

नेपालको जितका लागि अभिषेक रिजाल र सुनिल बलले १-१ गोलको योगदान गरे । खेलको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

त्यसपछिभुटानका कप्तान चेन्चो ग्यालसेनले ३६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । फेरि नेपालका तर्फबाट ५३औँ मिनेटमा सुनिलले अर्को थपेपछि नेपाल जितको अवस्थामा पुगेको थियो । जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ ।

जितपछि नेपाली खेलाडी निकै हर्षित बनेका थिए । घरेलु मैदानमा दर्शकको उल्लेख्य साथ रहेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ५ : ३४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको