साग फुटबलमा नेपाल चौथो पटक च्याम्पियन बन्दाको खुशी [फोटो फिचर] « Khabarhub

साग फुटबलमा नेपाल चौथो पटक च्याम्पियन बन्दाको खुशी [फोटो फिचर]



काठमाडौं- नेपाल साग फुटबलमा चौथो पटक स्वर्ण जित्न सफल भएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)काे पुरुष फुटबलमा नेपालले स्वर्ण जित्दै चौथो पटक स्वर्ण जितेको हो ।

मंगलबार दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै स्वर्ण चुम्न सफल भएको हो ।

नेपालको जितका लागि अभिषेक रिजाल र सुनिल बलले १-१ गोलको योगदान गरे । खेलको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

त्यसपछिभुटानका कप्तान चेन्चो ग्यालसेनले ३६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । फेरि नेपालका तर्फबाट ५३औँ मिनेटमा सुनिलले अर्को थपेपछि नेपाल जितको अवस्थामा पुगेको थियो । जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ ।

जितपछि नेपाली खेलाडी निकै हर्षित बनेका थिए । घरेलु मैदानमा दर्शकको उल्लेख्य साथ रहेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ५ : ३४ बजे

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र