काबुलमा विष्फोट, ३ जनाको मृत्यु « Khabarhub

काबुलमा विष्फोट, ३ जनाको मृत्यु


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान– उच्चस्तरीय राजनीतिक समारोह भइरहेको स्थाननजिकै अफगानिस्तानको राजधानी काबुलमा विष्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको पीडी १३ भन्ने स्थानमा भएको विष्फोटनमा अन्य १९ जना घाइते भएका छन् । शिया हजारा समुदायका धार्मिक नेता अब्दुल अली मिजारीको मृत्यु भएको २४ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई लक्षित गरी रकेट आक्रमण भएको जनाइएको छ ।

कार्यक्रममा अफगानिस्तमाका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह, पूर्व राष्ट्रपति हमिद कारजाई, सभामुख मोहम्मद युनुस कानूनी तथा विदेशमन्त्री सलाहुद्दिन बुरहानीलगायत उच्च राजनीतिक पदाधिकारीको उपस्थिती थियो ।

आक्रमणमा सबै उच्च पदाधिकारी सुरक्षित रहेको अफगान अधिकारीले जनाएका छन् । आक्रमणपछि प्रहरीले एकजना संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको जनाएको छ ।

आक्रमणको जिम्मा कुनै पक्षले पनि लिएको छैन । यद्यपि काबुलमा इस्लामिक स्टेट तथा तालिबानले सैनिक तथा गैरसैनिक निशानालाई लक्षित गरी बेलाबेला आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ९ : ०१ बजे

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा

ओलीविरूद्ध उभिएका एमाले काठमाडौं अध्यक्ष निरौलाले दिए राजीनामा

काठमाडौं– नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट