अमेरिका, मेक्सिको र क्यानडाले विस्थापित गरे २५ वर्ष पुरानो व्यापार सम्झौता « Khabarhub

अमेरिका, मेक्सिको र क्यानडाले विस्थापित गरे २५ वर्ष पुरानो व्यापार सम्झौता


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका, मेक्सिको र क्यानडाले दुई वर्षको वार्तापछि संशोधित यूएसएमसीए भनिने व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो सम्झौताले २५ वर्ष पुरानो नाफ्टा भनिने उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई विस्थापित गर्नेछ ।

मेक्सिको सिटीमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै मेक्सिकोका राष्ट्रपति आन्द्रेज म्यानुएल लोपेज अब्राडोरले नयाँ सम्झौता तीनवटै देशका कामदारहरूका लागि उचित भएको र त्यसले आप्रवासनको समस्या हल गर्ने बताएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार नाफ्टाको साटो नयाँ व्यापार सम्झौताको विषय अमेरिकी राष्ट्रपति ट्रम्पको सन् २०१६ को निर्वाचनका बेला एउटा प्रमुख एजेन्डा थियो ।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले तीन देशबीचको सहकार्य एउटा चमत्कार भएको बताए ।

देशभित्रै पनि राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याटहरूसँग उक्त नयाँ सम्झौताका विशेषत: पर्यावरण र श्रमिकसम्बन्धी प्रावधानबारे सहमति गरेको देखिन्छ ।

अब उक्त सम्झौता अमेरिकी संसद्का दुवै सदनमा अनुमोदनका निम्ति प्रस्तुत गरिनेछ । अमेरिकामा नयाँ सम्झौतामा ह्वाइट हाउसले श्रमिक तथा वातावरणसम्बन्धी प्रावधान परिवर्तन गर्न सहमति जनाएपछि विपक्षी डेमोक्र्याटहरूले पनि त्यसको समर्थन गरेका थिए ।

उक्त समर्थन प्राप्त भएको केही घण्टामै हस्ताक्षर सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ११ : १६ बजे

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

स्पिन बोल्दाक- अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख रुपैयाँ

सञ्चारमन्त्रीको स्पष्टीकरण : सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै नीति लिएको छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस