अमेरिका, मेक्सिको र क्यानडाले विस्थापित गरे २५ वर्ष पुरानो व्यापार सम्झौता | Khabarhub Khabarhub

अमेरिका, मेक्सिको र क्यानडाले विस्थापित गरे २५ वर्ष पुरानो व्यापार सम्झौता


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका, मेक्सिको र क्यानडाले दुई वर्षको वार्तापछि संशोधित यूएसएमसीए भनिने व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो सम्झौताले २५ वर्ष पुरानो नाफ्टा भनिने उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई विस्थापित गर्नेछ ।

मेक्सिको सिटीमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै मेक्सिकोका राष्ट्रपति आन्द्रेज म्यानुएल लोपेज अब्राडोरले नयाँ सम्झौता तीनवटै देशका कामदारहरूका लागि उचित भएको र त्यसले आप्रवासनको समस्या हल गर्ने बताएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार नाफ्टाको साटो नयाँ व्यापार सम्झौताको विषय अमेरिकी राष्ट्रपति ट्रम्पको सन् २०१६ को निर्वाचनका बेला एउटा प्रमुख एजेन्डा थियो ।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले तीन देशबीचको सहकार्य एउटा चमत्कार भएको बताए ।

देशभित्रै पनि राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याटहरूसँग उक्त नयाँ सम्झौताका विशेषत: पर्यावरण र श्रमिकसम्बन्धी प्रावधानबारे सहमति गरेको देखिन्छ ।

अब उक्त सम्झौता अमेरिकी संसद्का दुवै सदनमा अनुमोदनका निम्ति प्रस्तुत गरिनेछ । अमेरिकामा नयाँ सम्झौतामा ह्वाइट हाउसले श्रमिक तथा वातावरणसम्बन्धी प्रावधान परिवर्तन गर्न सहमति जनाएपछि विपक्षी डेमोक्र्याटहरूले पनि त्यसको समर्थन गरेका थिए ।

उक्त समर्थन प्राप्त भएको केही घण्टामै हस्ताक्षर सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ११ : १६ बजे

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ– ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य

गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

खाँदबारी– सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम, फ्लडलाइटको ६ वटै पोल उठाइयो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

नर्भिकले बढायो नर्सहरूको तलब 

काठमाडौं– नर्भिक इन्टरनेसनल अस्पतालले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको

प्रहरीले मनायो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले सेवा कुकुरसहित कुकुर तिहार पर्व मनाएको छ