न्यूजील्यान्डमा थप ज्वालामुखी विस्फोटको खतरा, खोजीकार्य प्रभावित « Khabarhub

न्यूजील्यान्डमा थप ज्वालामुखी विस्फोटको खतरा, खोजीकार्य प्रभावित


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– न्यूजील्यान्डको ह्वाईट आईल्यान्डको ज्वालामुखी क्षेत्रमा थप ज्वालामुखी विस्फोटको खतरा देखिएपछि खोजकार्य स्थगित गरिएको छ ।

ह्वकारी भनेर पनि चिनिने सो ज्वालामुखी सोमवार विस्फोट भएको थियो । त्यतिखेर दर्जनौँ पर्यटक सो टापुमा थिए । तीमध्ये केहीको उद्धार गरियो भने केही मृत फेला परे ।

हालसम्म छ व्यक्तिको ज्यान गइसकेको पुष्टि भएको छ । अन्य आठ जना अझै हराइरहेका छन्। उनीहरूको मृत्यु भइसकेको ठानिएको छ । उद्धार गरिएकामध्ये २५ जना गम्भीर घाइते भएका छन् ।

अधिकारीहरूले बुधवार टापुमा सम्पर्कविहीन भएका मानिसहरुखो खोजी गरी यदि मृत्यु भइसकेको भए तिनको शव सङ्कलन गरी बाहिर लैजाने आशा राखेका थिए ।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले भनिन्, “मैले खोजकार्यमा संलग्न व्यक्तिहरूसँग कुरा गरेकी छु। उनीहरू खोजी गरिसक्न निकै आतुर छन् ।”

तर सो टापुमा देखिएको पछिल्लो भौगर्भिक सक्रियताका कारण उद्धारकार्य स्थगित गर्नुको विकल्प नभएको प्रहरीले बताएको छ ।

“बिहान चार बजेदेखि त्यहाँ ज्वालामुखीका कारण कम्पन निकै बढेको छ,” बुधवार एक विज्ञप्तिमार्फत् भौगर्भिक निकाय जियोनेटले जनाएको छ ।

“अब के होला भन्ने एकदम अनिश्चयपूर्ण छ। अबको २४ घण्टामा अर्को ज्वालामुखी विस्फोट हुने सम्भावना पनि छ,” उसले भनेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ११ : २८ बजे

चार्ल्स तृतीय र ट्रम्पबीच भेट, अमेरिका–बेलायत सम्बन्धमा जोड

एजेन्सी– इरानसँग सम्बन्धित क्षेत्रीय तनाव चर्किरहेका बेला बेलायतका राजा चार्ल्स

सांसदहरूलाई रास्वपाको निर्देशन : आफूलाई माननीय नभन्‍नू, कागजातमा पनि नलेख्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै सांसदहरूलाई कुनै

१५ दिनमा छ सय सोह्र विपद्का घटना : ३४ जनाको मृत्यु

काठमाडौं– विगत १५ दिनमा मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का घटनामा

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा २६ अर्ब

चौबीस घण्टामा दुई हजार ७२२ जना सवारी चालक कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार ७२२