सागमा नेपाली सेनाका यी २३ खेलाडीले जिते स्वर्ण, १०३ पदक « Khabarhub

सागमा नेपाली सेनाका यी २३ खेलाडीले जिते स्वर्ण, १०३ पदक


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगितामा व्यक्तिगत तथा सामूहिक गरी क्लबका २३ खेलाडीलाई सो सफलता मिलेको महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए । प्रतियोगितामा नेपाली सेनाका खेलाडीले ३१ रजत र ४९ कास्य पदक प्राप्त गरे ।

प्रमुख सुरक्षा अङ्गका रूपमा रहेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पियन’ विभागीय टोली हो । आर्मी क्लबमा आबद्ध गौरिका सिंहले पौडीका विभिन्न खेलमा चार स्वर्णसहित नौ पदक जितेर यस प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको परिचय स्थापित गरिन् ।

तेक्वान्दो विधामा सेनाको विभागीय टोलीमा रहेर स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा आयशा शाक्य, सञ्जीव ओझा, सीना मादेन लिम्बु, निता गुरुङ, प्रशंसा क्षेत्री, काजल श्रेष्ठ, सक्षम कार्की र भूपेन श्रेष्ठ छन् । यसैगरी कराँतेमा सङ्गीता मगर, प्रवीण मानन्धर र कुसुम खड्का तथा उसुमा विजय सिँजाली, सुस्मिता तामाङ र निमा घर्तीमगरले स्वर्ण पदक प्राप्त गरे ।

यस्तै गल्फमा सुवास तामाङ, बक्सिङमा मीनु गुरुङ, जुडोमा पुनम श्रेष्ठ, दुवाथोलनमा हिमाल टमाटा तथा फुटबलमा सुमन अर्याल, विकेश कुथु, विकास खवास र सेसेहाङक आङदम्बेले स्वर्ण पदक हासिल गरेका हुन् ।

महासेनानी रायमाझीका अनुसार गत कात्तिक १ देखि १० गतेसम्म चीनको उहानमा आयोजित सातौँ विश्व सैनिक खेलकूद (सिज्मस्) मा भाग लिएका अनुभवी खेलाडीलाई सागमा सहभागी गराइएकाले उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुगेको हो ।

उनले भने , “खेलाडी छनोटमा हामीले विशेष ध्यान पुर्‍याउनुपर्छ, प्रतियोगिता जित्न खेल सामग्री, खेलाडीमा खेल्छु भन्ने भावना, खेलाडीको शारीरिक तन्दुरुस्ती तथा क्षमताले प्रभाव पार्छ, विभागबाट प्रदान गरिँदै आएको निरन्तर तालिमले पनि पदक जित्न मद्दत गरेको हो ।”

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ३ : २३ बजे

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम

कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारको

आईपीएल क्वालिफायर–१ : बेङ्गलुरुले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–१ अन्तर्गत आज भइरहेको

गाजामा इजरायली हवाई आक्रमण : ७ जनाको मृत्यु

गाजा – गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार मंगलबार इजरायली हवाई आक्रमणमा

अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढदै

काठमाडौं – अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेको हुन्