राजधानीमा शुरु भयो किम्फ « Khabarhub

राजधानीमा शुरु भयो किम्फ


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) आजदेखि शुरु भएको छ । किम्फको पहिलो दिन (आज) अमेरिकी निर्देशक एन्टोनेलो पाडोवानोले को फिल्म ‘द एसेन्ट अफ एभरेष्ट’ प्रदर्शन गर्दै फेस्टिभलको उद्घाटन गरियो ।

यो फिल्म ५३ मिनेट लामो छ । फिल्ममा सन् १९५३ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गर्दाको भिडियो देख्न सकिन्छ ।

महोत्सव १७ औं संस्करणको किम्फ राजधानीको राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा पाँच दिनसम्म चल्नेछ । किम्फमा २९ देशका ७९ फिल्म प्रदर्शन हुनेछन् ।

यसैगरी पहिलो दिन राष्ट्रिय सभागृहको हल ‘ए’ मा एन्टोनेलो पाडोवानोको फिल्मसँगै ग्रोलिङ माउन्टेन र जर्नी टु द सेन्टर अफ द हर्ट प्रदर्शन गरियो ।

त्यस्तै हल ‘बी’ मा एन इन्टरएक्टिभ स्टोरी टेलिङ सेसन अबाउट स्नो लियोपार्ड कन्जर्भेसन, लोएस्ट टु हाइट लगायत ७ फिल्म प्रदर्शन गरियो ।

फेस्टिभलको पहिलो दिन उल्लेख्य दर्शक र नेपाली र विदेशी फिल्ममेकरको उपस्थिति थियो । फेस्टिभल १५ डिसेम्बरसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ७ : ४४ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्