विद्यालयमा राजनीति नगरौंः मुख्यमन्त्री पाैडेल « Khabarhub

विद्यालयमा राजनीति नगरौंः मुख्यमन्त्री पाैडेल


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विद्यालयभित्र राजनीति नगर्न आग्रह गरेका छन् ।

नारायणगढको बालकुमारी माविको स्वर्ण महोत्सवमा आयोजित सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले विद्यालयभित्र राजनीति नगर्न शिक्षक तथा कर्मचारीलाई आग्रह गरे ।

“ज्ञानको मन्दिर हाताभित्र पसेपछि कुनै पनि शिक्षकलाई राजनीति गर्न छुट छैन”, उनले भने ”, राजनीति गर्न शिक्षक सङ्गठन निर्माण गरिएको होइन् ।”

उनले गुणस्तरीय शिक्षाका लागि शिक्षक सङ्गठनहरु स्थापना गरिएको बताए ।

मुख्यमन्त्री पौडेलले सिङ्गो परम्परागत शिक्षालाई बदल्नुपर्ने भएकाले शिक्षक पनि आफूलाई त्यहीअनुरुप विकास गर्नुपर्ने बताए ।
उनले भने, “हामीले पढायौँ, पढ्यौँ, प्रमाणपत्र लियौँ तर सिकेनौँ । अब पढाइसँगसँगै सिकाइ पनि हुनुपर्छ, त्यस्तो शिक्षाको शुरुआत प्रदेश सरकारले गरेको छ ।”

सरकारले प्राविधिक शिक्षामा जोड दिँदै प्रदेशका १३ वटा जिल्लाका प्रत्येक स्थानीय तहमा प्राविधिक धारको पढाइ शुरु गरेको उनले जानकारी दिए ।

उनले भने, “अहिले १० प्रतिशत विद्यालयमा प्राविधिक धारको पढाइ हुन्छ, यसलाई ८० प्रतिशतबाट बढाएर ९० प्रतिशत बनाउनुपर्छ, यसो गर्न सके कोही बेरोजगार भएर विदेश जानु पर्दैन ।”

मुख्यमन्त्री पौडेलले दुई वर्षमा प्रदेश सरकारले धेरै काम गरेको दाबी गर्दै एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बनेको उल्लेख गरे ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री पौडेलले आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने जिकिर गरे ।

“सरकारले दिएको पैसा ठीकसँग सदुपयोग भएको छ कि छैन त्यसको निगरानी नगरिकले गर्नुपर्छ, सबै ठाउँमा सरकारबाट मात्रै हेर्न सम्भव छैन्”, उनले भने ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ९ : ३५ बजे

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल) को

कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं- कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ

नेपालमा सरकार फेरिँदै गर्दा लिपुलेक नाकाबाट चीनसँग व्यापार थाल्दै भारत

काठमाडौं- नेपालमा सरकार फेरबदल प्रक्रिया अघि बढिरहँदा भारतले आगामी जुनदेखि

कांग्रेसको निष्कर्ष- आन्तरिक कारणले चुनावमा पराजित भयौँ

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको

विपद्का घटनामा ६ जना घाइते, १ सय ९५ घरपरिवार प्रभावित

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा