सागका लागि ७५ लाख रुपैयाँ बराबरको फूलको कारोवार « Khabarhub

सागका लागि ७५ लाख रुपैयाँ बराबरको फूलको कारोवार


२६ मंसिर २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा ७५ लाख रुपैयाँ बराबरको फूलको कारोवार भएको छ ।

१५ गतेदेखि २४ गतेसम्म भएको साग प्रतियोगितामा सजावट र बगैँचा निर्माणमा ६० लाख रुपैयाँ बराबरको फूलको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसशन नेपालले जनाएको छ ।

‘सागको उद्घाटन समारोहदेखि बगैचामा सजाउनका लागि ६० लाखको फूल प्रयोग भएको थियो’ एसोसिएसनका अध्यक्ष कुमार श्रेष्ठले खबरहबसँग भने ‘स्वागत, सम्मान र विदाइका लागि छुट्टै १५ लाख रुपैयाँ बराबर फूलको प्रयोग भयो ।’

साग प्रतियोगितामा प्रयोग भएका सबै फूल तथा मालाहरु स्वदेशमा नै उत्पादन भएको श्रेष्ठको भनाइ छ । पछिल्ला समय नेपालमा फूल व्यवसाय फस्टाउँदै गइरहेको छ ।

गत आर्थिक वर्षमा नेपालमा २ अर्ब ६१ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहिबार  १ : २९ बजे

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।

पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

वीरगन्ज– पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य