चितुवाको छालासहित पक्राउ « Khabarhub

चितुवाको छालासहित पक्राउ


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- प्रहरीले दैलेखमा चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनिनगरपालिका–४ तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।

शाहीले आफ्नै घरमा चितुवाको छाला लुकाइछिपाई राखेको भन्ने विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट गएको संयुक्त टोलीले बुधबार दिउँसो शाहीको घरबाट सात फिट आठ इन्च लम्बाइ र दुई फिट दुई इन्च चौडाइ भएको पाटे चितुवाकोे छालासहित पक्राउ गरेको वलीले बताए ।

उनको घरबाट ९५ वटा चितुवाकोे हड्डीका टुक्रा पनि बरामद गरिएको छ । वन डिभिजन कार्यालय दैलेखका प्रमुख मनबहादुर रावतले निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र निमावली, २०३१ अनुसार कारवाही हुने बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ६ : १७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै