मुख्यमन्त्री शाहीको उपस्थितिमा चौमासिक समीक्षा | Khabarhub Khabarhub

मुख्यमन्त्री शाहीको उपस्थितिमा चौमासिक समीक्षा


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश मातहतमा रहेका सरकारी कार्यालयको आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा चौमासिक समीक्षा गरिएको छ ।

प्रदेश सरकारको बजेट खर्च हुन नसकेको गुनासो जनस्तरबाट आइरहेको बेला मुख्यमन्त्री शाही जाजरकोट आएर चौमासिक समीक्षा, प्रगति विवतरणबारे जानकारी लिएका हुन् ।

प्रदेश मातहातका कार्यालयको विकास बजेट जनताको जनआकाङ्क्षाअनुसार तीव्र गतिमा परिणाम निस्किने गरी काम गर्नसमेत उनले निर्देशन दिए ।

मुख्यमन्त्री शाहीले साना आयोजनाका काम बोलपत्र नगरीकन अगाडि बढाउन र ठूला आयोजनामा मात्र वातावरणीय प्रभाव मूल्याङ्कन गरेर काम गर्नसमेत निर्देशन दिए ।

उनले जिल्लामा प्रदेशका कार्यालयमा लेखापाल अभाव टार्न सङ्घीय सरकारको मातहातमा रहेका कार्यालयका लेखापालबाट आर्थिक कारोवार गर्न निर्देशन दिए ।

मुख्यमन्त्री शाहीले ६ दिनभित्र जिल्लाको प्रगति विवरण पेश गर्नसमेत प्रदेश सरकारका मातहतका कार्यालयलाई आग्रह गरे । प्रदेश सरकारको मातहातमा रहेका कार्यालयमा बजेट अभाव नहुने तर काम तोकिएकै मितिमा गर्नुपर्ने आन्तरिक, मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । सबै कार्यालयमा अख्तियारी दिइसकेकाले काममा तीव्रता दिन उनले आग्रह गरे ।

मुख्यमन्त्री शाहीले आजै जाजरकोटको ५० श्ययाको स्वास्थ्य सेवा कार्यालयको भवन आज उद्घाटन गरे । जिल्लामा एम्बुलेन्स नभएकाले सोका लागि छिट्टै पहल गर्ने मुख्यमन्त्री शाहीले प्रतिबद्धता व्यक्त गरे ।

नेपाली विद्यार्थीले जाजरकोटका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि पठाएका उपहार अर्थात् किताब बोक्ने झोला कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले यहाँका विद्यार्थीलाई हस्तान्तरण गरे ।

भेरी नगरपालिकाको समन्वयमा मुख्यमन्त्री शाहीले नगरपालिकाभित्रका ४७ सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ कक्षासम्म अध्ययन गर्ने चार हजार ४५३ विद्यार्थीलाई उक्त उपहार अर्थात् झोला हस्तान्तरण गर्नुभएको हो ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  १० : ४५ बजे

ओलीलाई जवाफ फर्काउँदै बालेनले भने : भ्रष्ट सिस्टमलाई समर्थन गर्दिनँ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी

अचार बेचेरै मासिक ६० हजार कमाइ

कैलाली – यहाँका युवा व्यवसायी करन ऐरले धनगढी उपमहानगरपालिका–९ बङ्राकटानमा

‘साम्बा चोक’ नामाकरणपछि सावित्राले भनिन् : यो भन्दा ठूलो सम्मान के नै हुन्छ र ?

काठमाडौं – मर्स्याङ्दी गाउँपालिकाले आफ्नो नाममा चोकको नामाकरण गरेपछि नेपाली

पर्यटनमन्त्री पाण्डेले गरे हजयात्रीलाई बिदाइ

काठमाडौं — इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का र

न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

अमेरिका – न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल