दृष्टिविहीनलाई जबर्जस्ती करणी गर्ने तामाङलाई १० वर्ष कैद « Khabarhub

दृष्टिविहीनलाई जबर्जस्ती करणी गर्ने तामाङलाई १० वर्ष कैद


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकाेट- दृष्टिविहीन युवतीलाई जबर्जस्ती करणी गर्ने किस्पाङ गाउँपालिका–३ साल्मेका ३७ वर्षीय हरिबहादुर तामाङलाई नुवाकोट जिल्ला अदालतले दोषी ठहर गर्दै सजायको फैसला गरेको छ ।

बलात्कार कसुरमा पक्राउ परेका तामाङलाई दोषी ठहर गर्दै जिल्ला अदालतका न्यायधीश उमेशप्रसाद लुइँटेलको इजलासले बुधबार १० वर्ष कैद सजाय र रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार शिवप्रसाद बञ्जाराले आज जानकारी दिए ।

जबर्जस्ती करणी कसुरमा सात वर्ष र अपाङ्गता भएकी युवतीलाई जबर्जस्ती करणी गरेकाले थप तीन वर्ष गरी १० वर्ष सजायको फैसला भएको हो । तामाङमाथि २०७५ चैत ९ गते घरमा कोही नभएको बेलामा शौचालय गएकी दृष्टिविहीन युवतीलाई शौचालयमै जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरी प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  १० : १५ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी