नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने | Khabarhub Khabarhub

नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोँगबुस्थित नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने भएको छ ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिद्वारा ल्होत्से मलमा स्थापना गरिएको ‘फिल्म हलको शुभारम्भ’ कार्यक्रममा देशकै एकमात्र राष्ट्रिय बसपार्कलाई गौरव गर्नलायक बसपार्क निर्माण गर्न लागिएको बताइएको हो ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले काठमाडौँ महानगरपालिकाको सम्पत्ति नयाँ बसपार्कलाई नमूना बसपार्क बनाउन लागेको बताउनुभयो । “नयाँ बसपार्कमा ‘पिक एण्ड ड्रप’को व्यवस्था गरेर नयाँ स्थानमा सवारी पार्किङ गर्ने स्थान निर्माण गर्ने लक्ष्य प्रालिले लिएको छ”, उनले भने ।

कामपा–२६ का अध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्कलाई व्यवस्थितरूपमा सञ्चालन गर्न महानगरपालिकाले ल्होत्से प्रालिसँग सहकार्य गरेर काम गरिरहेको उल्लेख गरे ।  “नयाँ बसपार्क चाँडो नै नमूना बसपार्क बन्नेछ”, उनले भने ।

पाँच रोपनी क्षेत्रफलमा निर्माण गरिएको ल्होत्से मल साततलाको रहेको छ । उक्त मलमा पार्किङदेखि सपिङ सेन्टर, पार्टी प्यालेस, हेल्थ क्लब र फिल्महल रहेका छन् ।

आज शुभारम्भ गरिएको फिल्म हल आईएनआई ग्रुपले सञ्चालन गरेको छ । दुईवटा फिल्महल रहेको उक्त मलमा ४८० जनाको क्षमता रहेको आईएनआईका सञ्चालक सुरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  १० : ०१ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल