नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने « Khabarhub

नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोँगबुस्थित नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने भएको छ ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिद्वारा ल्होत्से मलमा स्थापना गरिएको ‘फिल्म हलको शुभारम्भ’ कार्यक्रममा देशकै एकमात्र राष्ट्रिय बसपार्कलाई गौरव गर्नलायक बसपार्क निर्माण गर्न लागिएको बताइएको हो ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले काठमाडौँ महानगरपालिकाको सम्पत्ति नयाँ बसपार्कलाई नमूना बसपार्क बनाउन लागेको बताउनुभयो । “नयाँ बसपार्कमा ‘पिक एण्ड ड्रप’को व्यवस्था गरेर नयाँ स्थानमा सवारी पार्किङ गर्ने स्थान निर्माण गर्ने लक्ष्य प्रालिले लिएको छ”, उनले भने ।

कामपा–२६ का अध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्कलाई व्यवस्थितरूपमा सञ्चालन गर्न महानगरपालिकाले ल्होत्से प्रालिसँग सहकार्य गरेर काम गरिरहेको उल्लेख गरे ।  “नयाँ बसपार्क चाँडो नै नमूना बसपार्क बन्नेछ”, उनले भने ।

पाँच रोपनी क्षेत्रफलमा निर्माण गरिएको ल्होत्से मल साततलाको रहेको छ । उक्त मलमा पार्किङदेखि सपिङ सेन्टर, पार्टी प्यालेस, हेल्थ क्लब र फिल्महल रहेका छन् ।

आज शुभारम्भ गरिएको फिल्म हल आईएनआई ग्रुपले सञ्चालन गरेको छ । दुईवटा फिल्महल रहेको उक्त मलमा ४८० जनाको क्षमता रहेको आईएनआईका सञ्चालक सुरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  १० : ०१ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी