चिसोको समयमा यी हुन् स्वास्थ्यमा देखिने समस्या, यसरी जोखिनुस् « Khabarhub

चिसोको समयमा यी हुन् स्वास्थ्यमा देखिने समस्या, यसरी जोखिनुस्


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात सँगै हल्ला वर्षा शुरु भएको मौसमविद्ले जनाएका छन् ।

राजधानीलगायत देशका विभिन्न भागमा चिसो बढेको छ ।

जाडो मौसम सुरु भएसँगै चिसोका कारण शरीरमा विभिन्न खाले समस्या आउँछन् । जाडोको कारण सामान्य रुघाखोकी देखि एलर्जी, दम लगायतको समस्या बढ्छ । जाडोको समयमा मुटुका बिरामीले आफुलाई न्यानो राख्नुपर्छ । चिसोबाट बालबालिका र वृद्धवृद्धालाई बचाउँनुपर्छ ।

जाडोमा हुन्छ यस्तो रोगको जोखिम

एलर्जी
–चिसोका कारण धेरै मानिसमा शरीरमा एलर्जी हुने गर्छ । सो एलर्जीले दम, रुघाखोकी लगायतको समस्या उत्पन्न हुन्छ । पहिला नै दमको समस्या भएका मानिसमा दमको समस्या झनै बढेर जान्छ । त्यसैले चिसोबाट हुने एलर्जीबाट बच्न न्यायो लुगा लगाउनुपर्छ । मनतातो पानी पीउने र धेरै चिसो भएमा घरभित्र नै न्यानो भएर बस्नुपर्छ ।

छालाको समस्या
चिसोका कारण् देखिने समस्यामध्ये अर्को प्रमुख समस्या हो छालाको समस्या । चिसोका कारण छाला फुट्ने र नरमपना हराएर छाला खस्रो हुने समस्या देखिन्छ ।  चिसोका कारण छाला फुट्ने समस्याबाट बच्न ग्लिसिरिनको प्रयोग गर्नुपर्छ । यस्तै मनतातो पानीले नुहाउने, शरीरमा तेल वा मोइस्चराइजर क्रिम लगाउने गर्दा छाला फुट्ने समस्याबाट केही राहात मिल्न सक्छ ।

हाइपोथर्मिया

जाडो मौसममा चिसोका कारण शरीरको तापक्रम कम हुने गर्छ । यसलाई सामान्य भाषामा ‘हाइपोथर्मिया’ भनिन्छ । विशेष गरी वृद्धवृद्धामा यो समस्या धेरै हुने भएकाले जाडो मौसममा वृद्धवृद्धाको विशेष ख्याल गर्नुपर्छ । वृद्धवृद्धालाई न्यायो पारेर राख्नुपर्छ । यदी न्यायोमा राख्दा पनि शरीरको तापक्रम घट्दै गयो र शरीर कडा हुँदै गयो भने तत्काल चिकित्सकका लैजानु उचित हुन्छ । यसबाहेक अन्य मानिसलाई पनि कहिलेकाहीँ चिसोका कारण शरीरको तापक्रम कम हुने समस्या देखा पर्छ । त्यो अवस्थामा यदि शरीरको तापक्रम निकै नै घटेको देखिएमा तुरुन्त चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्ने हुन्छ ।

मुटुसम्बन्धी समस्या

चिसो मौसमले मुटुलाई समेत असर गर्ने हुँदा चिसोबाट जोगिनु जरुरी छ । चिसोले मुटुमा सिधै असर पुर्‍याउँछ । चिसोका कारण रक्तनली साघुँरिएर यसले रक्त प्रवाहमा असर पार्छ र यसले हृदयाघातको सम्भावना बढेर जान्छ । यसबाट बच्न धेरैबेरसम्म चिसोमा बस्नु हुँदैन । बस्नै परे पनि न्यायो लुगा लगाउनुपर्छ ।

रुघाखोकी र ज्वरो

चिसो मौसमका कारण मानिसलाई दम, रुघाखोकी, ज्वरो लगायतको समस्या उब्जने गर्छ । चिसो मौसममा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने हुँदा यसले शरीरमा विभिन्न रोग निम्त्याउने गर्छ । चिसोकै कारण मानिसहरु एक आपसमा टाँसिएर बस्नाले पनि रुघाखोकी तथा ज्वरो सजिलै सर्छ ।त्यसैले चिसो भएमा आफुलाई न्यानोमा राख्नुपर्छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ११ : ४८ बजे

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

बागमती– बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत

बालेन सकारलाई भूइँमान्छेको व्यथाले किन पोल्दैन ?

‘नेता जनताबाट जति टाढा हुँदै जान्छ, उसको वरिपरि बज्ने ताली

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं- अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधनका लागि तयार