१० किलो चरेससहित दुई जना पक्राउ | Khabarhub Khabarhub

१० किलो चरेससहित दुई जना पक्राउ


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुर प्रहरीले भीमफेदी गाउँपालिका–२ भैँसेबाट १० किलो २५० ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा पचरौटा नगरपालिका–७ बस्ने अरविन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका–१ बस्ने सुल्तान मियाँ अन्सारी रहेका छन् ।

उनीहरुलाई प्रहरी चौकी भैँसेबाट प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

भीमफेदीबाट हेटौँडातर्फ आइरहेको बा ४० प ७२४० नं. को पल्सर मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक पटेल र मोटरसाइकलमा सवार अन्सारीले बीचमा राखी ल्याएको उक्त परिमाणको चरेस फेला परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  २ : ०५ बजे

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि