हिमपात : यातायात र हवाई उडान ठप्प « Khabarhub

हिमपात : यातायात र हवाई उडान ठप्प


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा बिहानैदेखि भारी हिमपात भएपछि यहाँको जनजीवन कष्टकर भएको छ । जुम्लाबाट चल्ने लामा तथा छोटो दूरीका यातायात साधन र हवाई मार्ग ठप्प हुँदा तराई जाने यात्रुलाई सास्ती भएको कर्णाली यातायात समितिका अध्यक्ष मीनबहादुर थापाले जनाकारी दिए ।

मङ्सिर महिनाको अन्तिम साता परेको हिउँले यहाँका किसानले लगाएका गहुँ, जौ र हिउँदे बालीलाई फाइदा हुने तिला गाउँपालिका–१ का किसान सुन्दरी पाण्डे रावतले बताए ।

जुम्लामा पानी नपर्दा किसानले लगाएको बालीनालीलाई पानीको समस्याले राम्रोसँग हुर्काउन नसकेका बेला सही समयमा हिउँ परेको छ । हिउँबाट निस्केको पानीले बालिनालीलाई मात्र नभई स्याउका बिरुवालाई पनि राम्रोसँग फाइदा हुने किसान रतिमान बुढाले बताए ।

हिउँ परेकाले यहाँका अग्ला हिमालमा नचढ्न र सानासाना बालबालिकालाई हिउँमा राखेर नखेल्न प्रशासनले अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिए । जुम्लामा बिहानदेखि अहिलेसम्म करीब दुई फिटभन्दा बढी हिउँ परेको जनाइएको छ । हिउँ अझै बाक्लो पर्ने सम्भावना भएकाले आफ्ना बालबालिकालाई घरभित्रै राखेर न्यानो बनाउन सुझाव दिइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ३ : ०७ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही