अपाङ्ग महिलालाई बलात्कार गरेको अभियोगमा १ जना पक्राउ « Khabarhub

अपाङ्ग महिलालाई बलात्कार गरेको अभियोगमा १ जना पक्राउ


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– बोल्न नसक्ने (अपाङ्ग) महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुर प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ घर भएका ४५ वर्षीय जेठा मोक्तान भनिने जयबहादुर मोक्तान छन् ।

प्रहरीका अनुसार जयबहादुरले ४८ वर्षीया अपाङ्ग महिलालाई उनकै घर नजिकको आँप घारीमा लगेर बलात्कार गरेका थिए ।

जयबहादुर अपाङ्ग महिलालाई बलात्कार गरिरहेको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सूचनाअनुसार जिल्ला प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले जयबहादुरलाई बिहीबार साँझ उनकै घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका जयबहादुरमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ३ : ४१ बजे

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय