पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा « Khabarhub

पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि उद्योग वाणिज्य सङ्घ रत्ननगरले जनप्रतिनिधिसहितको टोलीलाई बिहीबार र शुक्रबार त्रिशूलीमा र्‍याफ्टिङ गराएको छ । धादिङको चरौदिबाट १७ किलोमिटर दूरी पार गरेर साँझ फिस्लिङमा रात कटाएको सो टोलीले आज बिहान पुनःपाँच किलोमिटर दूरी पार गर्दै कुरीनटारमा आएर र्‍याफ्टिङ यात्रा सम्पन्न गरेको छ ।

पर्यटकीय क्षेत्र सौराहा रहेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले र्‍याफ्टिङबाट झरेपछि जीवनमा एकपटक र्‍याफ्टिङ यात्रा गर्नैपर्दोरहेछ भन्नुभयो । शुरुमा डर लागे पनि यात्रा गर्दै जाँदा अविस्मरणीय अनुभव भएको वनको भनाइ छ । सन् २०२० मा स्वदेशी र विदेशी धेरै पर्यटक चितवनमा भित्र्याउने योजनासहित लागि पर्नुभएका वनले पर्यटकीय गतिविधिका हिसाबले हामी निकै धनी रहेको बताउनुभयो ।

काठमाडौँबाट आउने पर्यटक त्रिशूली नदीमा र्‍याफ्टिङ गर्दै नारायणगढ पुग्न सकिने सन्देश यस कार्यक्रमले दिएको प्रदेशसभा सदस्य कृष्ण खनालले बताए ।

रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मीले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन र चितवनको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यसहित त्रिशूली नदीमा र्‍याफ्टिङ गरिएको बताए । उनका अनुसार जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र पूर्वप्रतिनिधिसहित ३५ जनाको टोलीले र्‍याफ्टिङ गरेको हो ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा हरेक वर्ष दुई लाखको हाराहारीमा स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् । जिल्लामा आउने पर्यटकको मुख्य गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज हो । यससँगै पवित्र तीर्थस्थल देवघाट, सिराइचुली, लामो झरना, थारु संस्कृतिसँगै जलयात्रा हुने गर्दछ ।

पर्यटकको बसाइँ लम्ब्याउनका लागि नयाँ गन्तव्यको खोजी गर्नुपर्ने क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ११ : ५४ बजे

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र  अल जजिराले उद्धृत

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

काठमाडौं – पश्चिम बङ्गालमा मतदाता सूचीसम्बन्धी विवादकाबीच बिहीबारदेखि मतदान सुरु भएको

विद्यार्थीको नारा : नयाँ सरकारको उपलब्धि धन नै धन (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विभिन्न मागसहित सरकारविरुद्ध प्रदर्शन गरेका छन्

गृहमन्त्रीको राजीनामापछि पहिलो मन्त्रिपरिषद् बैठक

काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। गृहमन्त्री सुदन गुरुङले

संविधान संशोधन कार्यदलको दोस्रो बैठक बस्दै

काठमाडौं–  ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक