हतार छैन उपासनालाई ! | Khabarhub Khabarhub

हतार छैन उपासनालाई !


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका उपासना सिंह ठकुरीले अहिलेसम्म २ फिल्ममा अभिनय गरिन् । उनको डेब्यु फिल्म ‘क्याप्टेन’ खासै नचले पनि चर्चा भने खुबै भयो ।

फिल्ममा उपासनाले देखाएको अभिनय क्षमताको धेरैले तारिफ गरे । उपासनाले ‘क्याप्टेन’ मा अनमोल केसीसँग जोडी बाँधेकी थिइन् भने ‘कबड्डी ३’ मा दयाहाङ राईसँग ।

‘कबड्डी ३’ अभिनय गरेपछि धेरै मेकरको आँखा उपासनामा पर्‍यो । तर, उपासनाले धेरै फिल्ममा काम गर्न चाहिनन् । बरु उनले राम्रो ब्यानरको खोजीमा रहिन् ।

तस्वीर – आर्यन बिमली

कतिपयले त ‘कबड्डी ३’ चल्नुको कारण उपासना र दयाहाङ राई हुन् समेत भन्छन् । यद्यपि फिल्म चल्ने कन्टेन्टका कारणले हो । त्यसको प्रस्तुतीकरणका आधारमा हो ।

जे होस्, उपासनालाई यो फिल्मले पनि स्याबासी दियो । यसको सफलताको ब्याज र वाहवाही उनले अझै पनि पाइरहेकी छिन् । फिल्म रिलिजकै क्रममा उनले देशबाहिर पनि पुगिन् ।

तर, उपासना अब तेस्रो फिल्मका लागि भने आतुर छैनिन् ।

उनी तेस्रो प्रोजेक्ट पनि राम्रो होस् भन्ने चाहन्छिन् । जुन फिल्म पनि सफल बनोस् र सफल फिल्ममा ह्याट्रिक हान्न पाइयोस् ।

अहिलेलाई उपासनाको फ्यान फलोइङ क्रेज ठूलो छ । यो बेलामा उनले राम्रा मात्र फिल्म छानेर त्यही अनुसारको पात्र चयन गर्न सकिन् भने उपासनाको क्रेज धेरै वर्ष रहने पक्का छ ।

तर नेपालमा कलाकारको क्रेज निकै छोटो समयमा रहने र हराउने भइरहन्छ । उपासनाले यसपछि कस्तो फिल्म दिनेछिन्, त्यसले त करिअरलाई प्रभाव पार्ने नै छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ४ : २२ बजे

विशालको विवादास्पद बयान : अवार्डमा कहिल्यै विश्वास नगर्ने

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार विशाल हाल आफ्नो आगामी र बहुप्रतिक्षित

पौवादुङमाको खुर्सानी खेती : बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका

लहान नगरपालिकाद्वारा विपन्न दलित समुदायलाई सहयोग

सिरहा– लहान नगरपालिका–१५ स्थित लङ्ग्राहा मुसहरी टोलका शिवशङ्कर सदायका बाबुआमाको एक

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ– ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य

गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

खाँदबारी– सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु