सिमसिमे पानीमा सागमा पदक विजेता खेलाडीलाई नगर परिक्रमा « Khabarhub

सिमसिमे पानीमा सागमा पदक विजेता खेलाडीलाई नगर परिक्रमा


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् राखेपले नगर परिक्रमा गराएको छ ।

शुक्रबार ११ बजेबाट नगर परिक्रमा सुरु हुने भनिएपनि बिहानै देखि बर्षा सुरु भएपछि खेलाडीको नगर परिक्रमा प्रभावित बनेको थियो । तर पानी नरोकिएपछि बर्षाकैबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको हो ।

पदक विजेता खेलाडीलाई राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव रमेह कुमार सिलवाल र नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले खेलाडीलाई माला र अविर लगाएर सम्मान समेत गरे ।

राखेप परिशर त्रिपुरेश्वरबाट सुरु भएको नगर परिक्रमा न्यूरोडभित्र छिरेर भोटाहिटिबाट निस्किँदै रत्नपार्क, प्रदर्शनीमार्ग सिंहदरबार पश्चिम गेट, थापाथली हुँदै त्रिपुरेश्वर पुगेर समापन भएको थियो ।

पानी भिज्दा पनि पदक विजेता खेलाडीहरुको उत्साहमा कमी आएको थिएन । उनीहरु उनीहरुले नेपाल… नेपाल भन्दै नारा समेत लगाएको थिए । नेपालको झण्डा बोक्दै खेलाडी र्‍यालीमा सहभागि भएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ५ : २८ बजे

रोमाञ्चक बन्दै गोल्डेन बुटको होड, तेस्रो स्थानको खेलले बदल्न सक्छ विजेता

काठमाडौं– २०२६ फिफा विश्वकपको उपाधि दौडबाट फ्रान्स र इङ्ग्ल्यान्ड बाहिरिए पनि

जब मेस्सीलाई बेलिङ्घमले मैदानमै भने : तिम्रो समय सकियो, अब हाम्रो पालो हो

काठमाडौं– इङ्ग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र इङ्ग्लिस

पुँजीगत खर्चको प्रवृत्ति विगतको भन्दा कमजोर, राजस्व लक्ष्यको ८४ प्रतिशत मात्र संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा सरकारको पुँजीगत खर्च गत आर्थिक

प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिक संस्था र व्यक्तिसँग

तोलामा तीन हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै नेपाली बजारमा सुनको