बलात्कार आरोपी वडाध्यक्ष छुटाउन काँग्रेसको प्रदर्शन | Khabarhub Khabarhub

बलात्कार आरोपी वडाध्यक्ष छुटाउन काँग्रेसको प्रदर्शन


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार प्रयासको आरोपमा पक्राउ परेका शम्भुथान नगरपालिका वडा १२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाईको माग गर्दै नेपाली काँग्रेसले सदरमुकाम राजबिराजमा विरोध प्रदर्शन गरेको छ ।

सुनियोजित तरिकाले रचिएको षडन्त्रबारे सुक्ष्म अनुसन्धानै नगरी वडाध्यक्ष साहलाई झुठो मुदा लगाई प्रहरीले पक्राउ गरेको भन्दै काँग्रेसले विरोध प्रदर्शन गरेको हो । काँग्रेसले झुठा मुद्दा खारेज गरी वडाध्यक्ष साहलाई अविलम्व रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

स्थानीय ३५ बर्षिया एक महिलाले आफूलाई गाउँकै कुखुरा फर्मममा १० दिन अघि वडाध्यक्ष साहले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएपछि अनुसन्धानका लागी गत बुधबार विहान प्रहरीले साहलाई पक्राउ गरेको थियो । साहका रिहाईको माग राख्दै राजरंगशालाबाट निस्केको जुलुसमा प्रहरी प्रशासन विरुद्घ चर्को नारावाजी गरिएको थियो ।

उनीहरुले प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई ज्ञापन पत्र समेत बुझाएका छन् । प्रतिसोधको भावनाले सुनियोजित तरिकाले वडाध्यक्ष साहलाई फसाईएको उनीहरुको आरोप छ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ७ : १७ बजे

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको

पर्सामा डिपबोरिङ खन्दा विपद् व्यवस्थापन समितिसँग अनुमति लिनुपर्ने

पर्सा – जिल्लामा डिपबोरिङ खन्नुअघि अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन

नासाले आफ्नो २० प्रतिशत कर्मचारी गुमाउन सक्ने

वासिङ्टन – अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमा र मङ्गल ग्रहमा

प्रजनन बीउबाट मूल बीउ उत्पादन गरिँदै

स्याङ्जा – वालिङ नगरपालिका–१ यवादीस्थित कृषि विकास स्रोत केन्द्रले प्रजनन

तनहुँका दुई लाख ९० हजार पशुमा पूर्णखोप

तनहुँ – जिल्लाका करिब ४६ हजार बढी परिवारले पालेका पशुलाई