आगलागी पीडितका लागि राहत सङ्कलन « Khabarhub

आगलागी पीडितका लागि राहत सङ्कलन


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– आगलागी भएको घर परिवारका लागि जुम्लामा राहत सङ्कलन शुरु भएको छ ।

जुम्ला चन्दननाथ नगरपालिका–२ का गोविन्द भण्डारीको आगलागीबाट रु दुई करोड बराबरको घर जलेर नष्ट भएको थियो । घरको बीमासमेत नभएका कारण धेरै ठूलो क्षति व्यहोरेकाले अहिले घर धनी भण्डारी राहत माग्दै सरोकारवाला निकायसँग अपिल गरिरहेका छन् ।

भण्डारीको घरको ठूलो क्षति भएको भन्दै लाइन्स क्लबले रु ४० हजार सहयोग स्वरुप प्रदान गरेको छ । क्लबले चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको रोहवरमा प्रदान गरिएको अध्यक्ष गणेश रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै नै क्षति भएर मन पोलेपछि सानो सहयोग प्रदान गरिएको हो ।

यसैगरी चन्दननाथ नगरपालिकाले रु ६० हजार राहत उपलब्ध गराएको छ । गत मङ्सिर ८ गते जलेर नष्ट भएको घर जिल्ला प्रहरी कार्यालयका अनुसार रु एक करोड ७३ लाख ३० हजार ५०० को धनमाल, घर तथा भौतिक पूर्वाधारमा क्षति भएको छ ।

भण्डारीको नगद रु दुई लाख ५० हजार र गरगहनासहित विभिन्न सामग्री तथा घर जलेर नष्ट भएको थियो । यति ठूलो क्षति हुँदा पनि सरकारी निकायबाट राहतको प्राथमिकतामा नपर्दा अहिले राहत सङ्कलन अभियान शुरु गरिएको छ । आधिकारिक ट्रेड युनियनले रु २० हजार सहयोग गरिएको अध्यक्ष खडानन्द चौलागाईले जानकारी दिए ।

राहतका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुगेका भण्डारीलाई प्रतिष्ठानले व्यक्तिगतरुपमा राहत प्रदान गर्न अभियान थालिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । प्रतिष्ठानमा २७३ कर्मचारी छन् ।

स्थानीय विपत् व्यवस्थापन समितिले आर्थिक अभावका कारण राहत दिन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिए । भण्डारीको क्षतिमा मलम लगाउन अभियान तीव्र पार्नुपर्ने जागौँ कर्णालीका कार्यरत युवा गोविन्द सुनारले बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ८ : २८ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी