नेपालमा विदेशी लगानीकर्ताको चासो, पाँच महिनामा १९ अर्ब ४२ करोडको प्रतिवद्धता « Khabarhub

नेपालमा विदेशी लगानीकर्ताको चासो, पाँच महिनामा १९ अर्ब ४२ करोडको प्रतिवद्धता


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा विदेशी लागनीकर्ताहरुले चासो देखाइरहेका छन् । उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७६/७७ को साउनदेखि मंसिरसम्म विदेशी लगानीको प्रतिबद्धतामध्ये सबैभन्दा बढी चीनबाट आएको छ ।

नेपालमा आएको विगत ५ महिनाको कूल लगानीको ८० प्रतिशतभन्दा बढी चिनियाँ लगानीकर्ताले प्रतिबद्धता जनाएका छन् ।

उद्योग विभागका अनुसार यस अवधिमा १२५ वटा कम्पनी मध्येबाट उद्योग विभागमा दर्ता भएका कुल १९ अर्ब ४२ करोड ५० लाख, ३८ हजार ४०० रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको छ । जसमध्ये चीनबाट मात्रै १०४ वटा कम्पनीमार्फत १५ अर्ब २६ करोड ४० लाख ३० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

विभागका सूचना अधिकृत विनोद खड्काका अनुसार पछिल्लो पटक चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले त्यहाँका लगानीकर्तामा राम्रो छाप परेको हो ।

पछिल्लो समय चिनियाँ लगानीकर्ताहरु विशेषगरी पर्यटन, होटल तथा रेष्टुराँ तथा सूचना प्रविधि एवम् उत्पादनमुलक क्षेत्रमा लगानी गर्न उत्सुक रहेको देखाएको छ ।

त्यसैगरी अस्ट्रेलियाबाट ५ करोड, बंगलादेशबाट १५ करोड, फ्रान्सबाट २५ करोड, भारतबाट २ अर्ब ४० करोड, जापानबाट १० करोड, बेलायतबाट २१ करोड, पाकिस्तानबाट १० करोड, मलेसियाबाट ५ करोड वैदेशिक लगानीको प्रतिवद्धता आएको छ ।

नेपालले विकास समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि विश्वमञ्चहरुमा लगानी गर्न लगानीकर्ता, उद्योगी एवं व्यापारिक व्यक्ति तथा फर्महरुलाई आमन्त्रण गरिरहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १२ : ३५ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया