‘सेल्फी किङ’ को गीत: केकी नाच्दा दर्शकको कस्तो प्रतिक्रिया | Khabarhub Khabarhub

‘सेल्फी किङ’ को गीत: केकी नाच्दा दर्शकको कस्तो प्रतिक्रिया


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भीमफेदी गाइज र केकी अधिकारीको नृत्य रहेको फिल्म ‘सेल्फी किङ’ को गीत सार्वजनिक गरिएको छ । शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा राम्रो प्रतिक्रिया पाएको छ ।

‘जाली रुमाल’ बोलको लोकशैलीको गीतमा बि पाण्डेका शब्द छन् भने सुवास भुसालको संगीत रहेको छ । गीतमा अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर सुन्न सकिन्छ ।

उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा हेमन्त कान्छा रसाइलीको सारङ्गी सुन्न सकिन्छ ।

एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘यो हो नि त अर्गानिक स्वाद, बधाई तथा शुभकामना ।’

गीतको भिडियो हेर्नेमध्ये धेरै प्रयोगकर्ताले भीमफेदी गाइजको फ्यान भएको प्रतिक्रिया दिएका छन् । ‘आयो आयो कडा आयो, पूरा अर्गानिक खालको नै आयो है,’ एक प्रयोगकर्ताले लेखेका छन् ।

युवराज विसीले कमेन्ट गरेका छन्, ‘केकी दिदी जस्तो अरु कोही छैन तर अलि ज्यान घटाऊ दिदी ।’

गीतको भिडियो हेरेर धेरैले प्रयोगकर्ताले भने तारिफ गरेका छन् ।

विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा सुसान प्रजापतिको छायांकन, दिनेश राउत र सुभाष थापाको निर्माण, जीवन थापाको सम्पादन रहेको छ ।

फिल्ममा विपिन कार्कीको शीर्ष भूमिका रहनेछ । साथै फिल्ममा लक्ष्मी बर्देवा, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सविन बाँस्तोला, कमल देवकोटा, कञ्चन सङ्ग्रौला लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १ : ३० बजे

युक्रेनमा रूसी आक्रमण, चार जनाको मृत्यु

किएभ– युक्रेनमा भएको रूसी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका

मनसुनजन्य विपद् : काभ्रेमा छ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा

काभ्रेपलाञ्चोक– मनसुनजन्य विपद्मा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय ९५

साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका

ताप्लेजुङमा तीन सातापछि हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङमा तीन सातापछि  हवाई उडान भएको छ । खराब

‘कुलिङ पिरियड’ छानबिन विशेष समितिलाई २१ दिनको समयावधि

काठमाडौं– संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष