ओलीका लागि कुर्सी खाली राखेर प्रचण्डको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक « Khabarhub

ओलीका लागि कुर्सी खाली राखेर प्रचण्डको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा कार्यकारी भूमिका पाएपछिको यो पहिलो स्थायी कमिटी बैठक हो । स्थायी कमिटी बैठक एक वर्ष पहिला बसेको थियो ।

बैठकमा अर्का अध्यक्ष केपी ओली भने सहभागी भएका छैनन् । ओली अनुपस्थित भएपछि उनको कुर्सीलाई खाली राखेर बैठक शुरु गरिएको छ । सचिवालयका नेताहरु स्थायी कमिटी सदस्य तर्फ फर्कने गरी मेचहरु राखिएको छ । जहाँ ओलीको लागि राखिएको मेच खाली रहेको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल पनि बैठक शुरु भएपछि मात्र पुगेका थिए ।

एपेन्डिसाइटिसको अप्रेसनपछि १० दिन अस्पताल बसेर फर्किका ओली बालुवाटारमा आराम गरिरहेका छन् । उनी आज विहान बसेको नेकपा सचिवालय बैठकमा भने केही बेर सहभागी भएका थिए ।

स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय आइतवार विहान बसेको सचिवालय बैठकले गरेको थियो । जसमा स्थायी कमिटी बैठकमा छलफल हुने छ ।

‘प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक, नेपाल भारत सीमा समस्या र विविध भनेर बैठकका लागि पाँच वटा कार्यसूची तय भएको छ’ विहानको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  २ : २३ बजे

सिपाही–सेलिब्रेटी बनेका प्रशान्तको बलिउड सपना अधुरै

काठमाडौं- प्रशान्त तामाङ (४ जनवरी १९८३ – ११ जनवरी २०२६) भारतमा जन्मिएका

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका