रहेनन् विकास बोर्ड अध्यक्ष केशव भट्टराई « Khabarhub

रहेनन् विकास बोर्ड अध्यक्ष केशव भट्टराई


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । उनको आइतबार राति करीब १०:१५ बजे हृदयाघातका कारण निधन भएको हो ।

अकस्मात हृदयाघात भएपछि उनलाई राजधानीको चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको अस्पताल श्रोतले जनाएको छ ।

५१ वर्षीय भट्टराईले कैयन् चलचित्र निर्माण गएका थिए । पछिल्लो समय उनले ‘यात्रा’ नामक फिल्म निर्माण गरेका थिए ।

चलचित्रहरु र टेलिसिरियलहरुमा अभिनय गरेका केशवले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका फिल्म निर्माण गरेका थिए ।

उनी ८ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । उनको शवलाई सोमवार पोस्ट्मार्टम गरिने जनाइएको छ ।

भट्टराईको परिवारमा एक छोरा र एक श्रीमती छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ३ : १८ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका