फागुन ३० मा रिलिज हुने भयो ‘नीरफूल’ « Khabarhub

फागुन ३० मा रिलिज हुने भयो ‘नीरफूल’


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दयाहाङ राईको फिल्म ‘नीरफूल’ फागुन ३० गतेदेखि प्रदर्शनमा आउने भएको छ । गत भदौ २७ मै रिलिज हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाइको कारण फागुनमा सरेको निर्माण टिमले जनाएको छ ।
फूलमान वलद्वारा निर्देशित यो फिल्म भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा आधारित छ ।
फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । यो फिल्म गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको छ ।
निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत् भूकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए ।
साथै रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति फिल्ममा देख्न सकिने उनले भने । पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् ।
फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको छ । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम छिन् ।
यस्तै फिल्ममा माया केसी, दिपक श्रेष्ठ, चन्द्रमाया तामाङ, उदय लामा, रोज लामा, दिनेश लम्तरी मगर,  दिजेश श्रेष्ठ, तेन्जिन सोनाम  लामा, गणेश थापा, अशोक थापा र विके श्रेष्ठको संयुक्त लगानी छ ।
फिल्ममा अर्जुन पोखरेलको संगीत, प्रमोद कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ५ : ४५ बजे

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु

कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका

भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

काठमाडौं– प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख बराबरको