विकास बोर्डका अध्यक्ष भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि « Khabarhub

विकास बोर्डका अध्यक्ष भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

गएराति १०:२५ मा हृदयाघातका कारण निधन भएका बोर्ड अध्यक्ष भट्टराई र शनिवार आफ्नै घरमा मृत भेटिएका कलाकार क्षेत्रीको सोमवार (आज) अन्त्यष्टि गरिएको हो ।

नेपाल सरकारका तर्फबाट सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले केशव भट्टराईको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान दिएका थिए ।

आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिनका लागि कलाकारको उल्लेख्य सहभागिता थियो ।

दीपक क्षेत्री लामो समयदेखि बिरामी थिए । स्वास्थ्यमा समस्या देखिए पनि आर्थिक अभावका कारण उनले उपचार गराउन पाएका थिएनन् ।

बिरामी भए पनि उनले फिल्ममा भने काम गरिरहेका थिए । दीपक शनिवार आफ्नै निवासमा मृत भेटिएका थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली फिल्म क्षेत्रको विकासका लागि निरन्तर लागिपरेका थिए । उनी ८ महिनाअघि चलचित्र विकास बोर्डमा अध्यक्ष पदमा नियुक्त भएका थिए ।

अध्यक्ष पदमा नियुक्त भएपछि उनले फिल्म क्षेत्रको विकासका लागि कैयन् अवधारणा अगाडि सारेका थिए ।

दुई फिल्मकर्मीको निधन भएपछि सामाजिक सञ्जालमार्फत प्रशंसकले श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कलाकारको निधनप्रति दुःख व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ६ : ३२ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण