सरकार तथा बैंक गुहार्दा सीप नचलेपछि महावीरले मागे फेसबुकमै ऋण « Khabarhub

सरकार तथा बैंक गुहार्दा सीप नचलेपछि महावीरले मागे फेसबुकमै ऋण


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनले मनकारी हृदय भएकाहरुसँग ४ प्रतिशत व्याजदरमा ऋण माग गरेका छन् ।

उनले दुई वटा महत्वपूर्ण काम गर्न लागेको भन्दै ३ करोड आवश्यक पर्ने भन्दै सामाजिक सञ्जालमै ऋण माग गरेका हुन् ।नेपाल सरकार र बैंकहरुसंग सहयोग लिने प्रयास गर्दा कहीँ कतैबाट हुन नसकेपछि ऋण खोजेको उनले जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘विश्वासको भरमा ४% ब्याज दरमा मेरो नाममा ऋण दिने नरम हृदय भएको कोही नेपालीहरु अथवा समुहहरु हुनुहुन्छ अमेरिका, क्यानाडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देश तिर बस्ने ? यो ऋण मैले दुई ओटा महत्वपुर्ण कामको लागि खोजेको हो । करिब ३ करोड चाहिएको छ । एउटाले नै सबै रकम ऋण दिनुपर्छ भनेको होइन । सकेको ५, १०, २० लाख दिए पनि हुन्छ ।’

उनले भनेका दुईवटा काम मध्य पहिलो काम नेपालमा नै नभएको पूर्ण रुपमा दुर्गम ग्रामिण समुदायलाई मात्र फाइदा दिने मोडेलको सामुदायिक पर्यटन अथवा Community Owned Eco-tourism विकासको लागी भएको जनाएका छन् । उक्त काम  आंशिक रुपमा बिगत १० बर्ष देखि चलीरहेको जनाएका छन् ।

उनले लेखेका छन्-‘यसलाई हामी बढाउन (Scale up) चाहन्छौं । यसको विस्तृत जानकारी चाहिएमा मलाई सम्पर्क गर्नु होला । यसको लागी एक करोड रुपैंया चाहिएको छ ।’

त्यस्तै उनले दोस्रो कामका रुपमा राष्ट्रिय आविष्कार केन्द्रका लागि ऋण मागेको जनाएका छन् । उनले एउटा सानो स्केलको “सामानहरु बनाउने कारखाना अर्थात् Manufacturing Plant” बनाउन जरुरी भएको जनाएका छन् । आविष्कार केन्द्रमा सफलतापूर्वक अनुसन्धान भएका वस्तुहरुलाई सानो स्केलमा उत्पादन गरी बजारमा बेच्न र बजार परीक्षण गर्नको लागि यस्तो प्लान्ट चाहिएको बताएका छन् ।

उनले विभिन्न वित्तीय संस्था र बैंकहरुबाट यस्तो ऋण पाउन गाह्रो भएको हुनाले नरम हृदय भएको दाताहरुसँग ऋणको लागि अनुरोध गरेको जनाएका छन् । यसको लागि दुई करोड रुपैंया चाहिएको उनले लेखेका छन् ।

ऋण ३ वर्षको लागि भएको र साँवा ब्याज नेपाली मुन्द्रामा तिरिने जनाएका छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १० : ०२ बजे

विशेष महाधिवेशनमा विश्वप्रकाश पनि पुगे, कार्यक्रम सुरु हुँदै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थलमा अर्का महामन्त्री विश्व प्रकाश शर्मा

कांग्रेस विशेष महाधिवेशनमा गुन्जियो ‘गगनदाई हाईहाई’

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गगन थापा महाधिवेशन स्थल पुगेका

सबुजकृष्ण बानियाँ बने विशेष महाधिवेशनको सभापति

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन कार्यक्रमको सभापति काठमाडौं जिल्ला कार्यसमितिका

गगनसँगै गोपालमान श्रेष्ठ र तारानाथ रानाभाट पनि पुगे महाधिवेशनस्थल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डप काठमाडौंमा नेपाली कांग्रेसका पूर्व

चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

मुस्ताङ– हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय