मनाङको हिउँमा खिचिँदै ‘प्रेमगीत ३’ « Khabarhub

मनाङको हिउँमा खिचिँदै ‘प्रेमगीत ३’


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनाङमा छाया‍ंकन भइरहेको फिल्म ‘प्रेमगीत ३’ को ७५ प्रतिशत छायांकन सकिएको छ । मनाङमा बढ्दै गएको चिसोमा ‘प्रेमगीत ३’ को छाया‍ंकन भइरहेको छ ।

फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेका छन् ।

फिल्ममा हिउँ परिरहेको बेलामा छायांकन गर्नुपर्ने केही दृश्य छन् । जसले गर्दा शूटिङका लागि समस्या भइरहेको छ । तर, टिमले सक्रिय भएर काम गरिरहेको छ । शूटिङ स्थलमा रमाइरहेको छ ।

निर्माण टिमका अनुसार अब २ हप्तामा फिल्मको छायांकन सकिनेछ । त्यसपछि फिल्म पोस्ट प्रडक्सनमा जानेछ । आउँदो चैत्र २८ गतेबाट रिलिज हुने फिल्मको आधा छाया‍ंकन राजधानीमै सेट तयार पारेर गरिएको थियो ।

प्रदीप खड्का र क्रिष्टिना गुरुङले शीर्ष भूमिका निर्वाह गरेको यो फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको समेत अभिनय रहनेछ ।

राजेश श्रेष्ठले खिचिरहेको यो फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहनेछ । साथै फिल्ममा कल्याण सिंह र एलिस कार्कीको संगीत रहनेछ ।

यस्तै फिल्ममा वनिष शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम सम्हालिरहेका छन् । फिल्मका निर्माता सन्तोष सेन हुन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ६ : २२ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै