मनाङको हिउँमा खिचिँदै ‘प्रेमगीत ३’ « Khabarhub

मनाङको हिउँमा खिचिँदै ‘प्रेमगीत ३’


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनाङमा छाया‍ंकन भइरहेको फिल्म ‘प्रेमगीत ३’ को ७५ प्रतिशत छायांकन सकिएको छ । मनाङमा बढ्दै गएको चिसोमा ‘प्रेमगीत ३’ को छाया‍ंकन भइरहेको छ ।

फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेका छन् ।

फिल्ममा हिउँ परिरहेको बेलामा छायांकन गर्नुपर्ने केही दृश्य छन् । जसले गर्दा शूटिङका लागि समस्या भइरहेको छ । तर, टिमले सक्रिय भएर काम गरिरहेको छ । शूटिङ स्थलमा रमाइरहेको छ ।

निर्माण टिमका अनुसार अब २ हप्तामा फिल्मको छायांकन सकिनेछ । त्यसपछि फिल्म पोस्ट प्रडक्सनमा जानेछ । आउँदो चैत्र २८ गतेबाट रिलिज हुने फिल्मको आधा छाया‍ंकन राजधानीमै सेट तयार पारेर गरिएको थियो ।

प्रदीप खड्का र क्रिष्टिना गुरुङले शीर्ष भूमिका निर्वाह गरेको यो फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको समेत अभिनय रहनेछ ।

राजेश श्रेष्ठले खिचिरहेको यो फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहनेछ । साथै फिल्ममा कल्याण सिंह र एलिस कार्कीको संगीत रहनेछ ।

यस्तै फिल्ममा वनिष शाह/भुपेन्द्र अधिकारीले सम्पादनको काम सम्हालिरहेका छन् । फिल्मका निर्माता सन्तोष सेन हुन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ६ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै