फ्रि वाइफाईको सदुपयोग गर्दै लोकसेवाको परीक्षामा उत्तीर्ण ! | Khabarhub Khabarhub

फ्रि वाइफाईको सदुपयोग गर्दै लोकसेवाको परीक्षामा उत्तीर्ण !


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आम अवस्थामा कोही मानिसले इन्टरनेटको माध्यमले मात्र लोकसेवा आयोगको परीक्षा पास गर्न सक्ला ?

पक्कै सक्दैन किनकी लोकसेवा पास गर्न विभिन्न पुस्तक पढ्ने, तयारी कक्षा लिने र अत्यधिक लगनशील बन्नुपर्ने हुन्छ । तर भारतका एक युवाले न तयारी कक्षा लिए, न त पुस्तक नै किने ।

तरपनि उनले परीक्षामा सफलता हात पारे । यस सफलताको पछाडि उनको लगनशीलता र इन्टरनेटको सही सदुपयोग नै हो । उनले आफ्नो मोबाइलमै अध्ययन गरे । लोकसेवाको लिखित परीक्षा पास गरे ।

भारतको केरला राज्यको एर्णाकुलम रेल्वे स्टेशनमा एक कुल्लीको काम गर्ने श्रीनाथ नामक युवाले सरकारी जागिर खाने रहर पुरा गर्न इन्टरनेटमा अध्ययन थाले । जसका कारण उनी केरलाको लोक सेवा आयोगको लिखित परीक्षामा उत्तीण समेत भएका छन् ।

श्रीनाथले आयोगको मौखिक परीक्षा पनि पास गरे भने उनी भू राजस्व विभागमा गाउ सहायक पदका जागिरे हुनेछन् । श्रीनाथ इन्टरनेटमा उपलब्ध परीक्षा सामाग्री पढ्ने तथा अडियो भिडियो सुन्दै काम समेत गर्दथे । कतिपय अवस्थामा कुनै प्रश्न भएमा उनी अनलाईमा प्रश्न समेत सोध्ने गर्दथे । काम गर्दा, सामान बोकेर हिड्दा, बस्दा र रातभर उनी लगनका साथ मात्र इन्टरनेटमा अध्ययन गरिरहन्थे ।

केरलाको मुन्नारमा बस्ने श्रीनाथ पछिल्लो ५ बर्षयता एर्णाकुलम स्टेशनमा कुल्लीको काम गरिरहेका छन् । उनले आफुसंग लोकसेवाको किताब किन्ने रकम अभावमा रेल्वे स्टेशनमा भएको फ्रि वाइफाईको प्रयोग गरी नियमित अध्ययन थाले फलतः उनले लगनशीलताको फल पनि पाए । उनी इन्टरनेटमा समय ब्यतित गरेर पनि कुनै शिक्षा हासिल नगर्ने तथा लोकसेवा परीक्षा पास गर्न ग्राहो छ भन्नेहरुका लागि उदाहरण बनेका छन् ।

कक्षा १० उत्तीर्ण श्रीनाथ मोबाइलमा थालेको अध्ययनका कारण पास भएकोमा अहिले भारतभर प्रशंसाको पात्र बनेका छन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ८ : ५९ बजे

हिमालयन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं– हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ

विश्व पौडेलको छलाङ : देउवा परिवारसँग ‘कनेक्सन’को कमाल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको

पूर्वराष्ट्रपति भण्डारीबाट बुद्धजयन्ती र उँभौली पर्वको शुभकामना 

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनमा करुणा, अहिंसा र शान्तिले मात्रै

बुद्ध जयन्ती कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् । २५६९औँ

राष्ट्रपति पौडेलबाट बौद्धस्थित गुम्बामा पूजा, आराधना (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले २५६९औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ