फ्रि वाइफाईको सदुपयोग गर्दै लोकसेवाको परीक्षामा उत्तीर्ण ! « Khabarhub

फ्रि वाइफाईको सदुपयोग गर्दै लोकसेवाको परीक्षामा उत्तीर्ण !


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आम अवस्थामा कोही मानिसले इन्टरनेटको माध्यमले मात्र लोकसेवा आयोगको परीक्षा पास गर्न सक्ला ?

पक्कै सक्दैन किनकी लोकसेवा पास गर्न विभिन्न पुस्तक पढ्ने, तयारी कक्षा लिने र अत्यधिक लगनशील बन्नुपर्ने हुन्छ । तर भारतका एक युवाले न तयारी कक्षा लिए, न त पुस्तक नै किने ।

तरपनि उनले परीक्षामा सफलता हात पारे । यस सफलताको पछाडि उनको लगनशीलता र इन्टरनेटको सही सदुपयोग नै हो । उनले आफ्नो मोबाइलमै अध्ययन गरे । लोकसेवाको लिखित परीक्षा पास गरे ।

भारतको केरला राज्यको एर्णाकुलम रेल्वे स्टेशनमा एक कुल्लीको काम गर्ने श्रीनाथ नामक युवाले सरकारी जागिर खाने रहर पुरा गर्न इन्टरनेटमा अध्ययन थाले । जसका कारण उनी केरलाको लोक सेवा आयोगको लिखित परीक्षामा उत्तीण समेत भएका छन् ।

श्रीनाथले आयोगको मौखिक परीक्षा पनि पास गरे भने उनी भू राजस्व विभागमा गाउ सहायक पदका जागिरे हुनेछन् । श्रीनाथ इन्टरनेटमा उपलब्ध परीक्षा सामाग्री पढ्ने तथा अडियो भिडियो सुन्दै काम समेत गर्दथे । कतिपय अवस्थामा कुनै प्रश्न भएमा उनी अनलाईमा प्रश्न समेत सोध्ने गर्दथे । काम गर्दा, सामान बोकेर हिड्दा, बस्दा र रातभर उनी लगनका साथ मात्र इन्टरनेटमा अध्ययन गरिरहन्थे ।

केरलाको मुन्नारमा बस्ने श्रीनाथ पछिल्लो ५ बर्षयता एर्णाकुलम स्टेशनमा कुल्लीको काम गरिरहेका छन् । उनले आफुसंग लोकसेवाको किताब किन्ने रकम अभावमा रेल्वे स्टेशनमा भएको फ्रि वाइफाईको प्रयोग गरी नियमित अध्ययन थाले फलतः उनले लगनशीलताको फल पनि पाए । उनी इन्टरनेटमा समय ब्यतित गरेर पनि कुनै शिक्षा हासिल नगर्ने तथा लोकसेवा परीक्षा पास गर्न ग्राहो छ भन्नेहरुका लागि उदाहरण बनेका छन् ।

कक्षा १० उत्तीर्ण श्रीनाथ मोबाइलमा थालेको अध्ययनका कारण पास भएकोमा अहिले भारतभर प्रशंसाको पात्र बनेका छन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ८ : ५९ बजे

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका