नेपाली सेनाका उपरथी हमाललाई फोर्स कमान्डरको जिम्मेवारी « Khabarhub

नेपाली सेनाका उपरथी हमाललाई फोर्स कमान्डरको जिम्मेवारी


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाका उपरथी ईश्वर हमालले मध्यपूर्वस्थित गोलानहाइटमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनको हेड अफ मिसन र फोर्स कमान्डरको जिम्मेवारी पाएका छन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालयले उपरथी हमाललाई यो मिसनको हेड अफ मिसन र फोर्स कमान्डरमा नियुक्त गरेको हो ।

हमाल अहिले आर्मी कमान्ड तथा स्टाफ कलेज कमान्डान्टका रूपमा कार्यरत छन् । हमाल नेपाली सेनाका अब्बल अधिकृतका रूपमा चिनिन्छन् । राष्ट्रसंघको मुख्यालयले उनको नियुक्तिका बारेमा केही दिनभित्रै सार्वजनिक गर्ने सैनिक मुख्यालय स्रोतले जनाएको छ ।

सन् १९८५ बाट नेपाली सेनामा प्रवेश गरेका हमालले नेपाली सेनाद्वारा प्रदान गर्ने सबै तालिममा उत्कृष्टता हासिल गरेका छन् ।

गुल्म, गण, वाहिनी र पृतनाको नेतृत्व गरिसकेका हमाल नेसनल डिफेन्स युनिभर्सिटी अमेरिकाबाट वार कलेज र प्रतिआतंकवादसम्बन्धी फेलोसिपसमेत प्राप्त गरेका थिए ।

उपरथी हमालले लेबनान, युगोलास्भिया, आइभरिकोस्टमा राष्ट्रसंघको प्रतिनिधिका रूपमा काम गरिसकेका छन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १२ : ०४ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि