चिसोमा खानुस् कोदोको ढिँडो, स्वास्थ्यमा पुग्छ यस्तो फाइदा | Khabarhub Khabarhub

चिसोमा खानुस् कोदोको ढिँडो, स्वास्थ्यमा पुग्छ यस्तो फाइदा


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कोदोको रोटी तथा ढिँडो नखाने नेपाली कम नै होलान् ।

चिसो मौसममा तातो र मिठो परिकार खाने चलन धेरैको हुन्छ । तातो र मिठो खानाको विषयमा चर्चा हुँदा जाडोयाममा कोदोको ढिँडो पहिलो रोजाइ हुन थालेको छ ।

पहिला पहिला–गाउँघरमा चामल उत्पादन कम हुने भएकाले कोदोको ढिँडो बढी खाने गरिन्थ्यो । त्यसैले पनि चामलको भातलाई कुनै विशेष चाडपर्वमा खानुपर्छ भन्ने मान्यता पनि रहेको थियो ।

तर, अहिले समय निकै परिवर्तन भएको छ । गाउ शहरमा चामल भन्दा ढिँडो लोकप्रिय बन्न थालेको छ । परिवारका सबै सदस्य भेट हुँदा घरमा मिठो परिकार बनाउने भनेर चिसोमा ढिडो खाने चलन समेत आएको छ ।

शहरी क्षेत्रका ठूला ठूला होटलमा विशेष परिकारको रुपमा ढिडो पाक्न थालेको छ । चिसो मौसम शुरु भएसँगै मानिसहरु कोदोको ढिडोतर्फ लोभिने गरेका छन् ।

चिसो मौसममा रमाइलो मान्दै ढिडो खादा पारिवारिक खुसी मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायीक मानिन्छ । कोदोको ढिडो मात्र होइन रोटी र अन्य विभिन्न परिकार समेत बनाएर खाइन्छ । आज हामी कोदोको फाइदाबारे जानकारी दिदैछौं ।

प्रत्येक १०० ग्राम कोदोमा पाइने पौष्टिक तत्व यस्तो छ

प्रोटिनः ७.६ ग्राम

फ्याटः १.५ ग्राम

कार्बोहाइड्रेटः ८८ ग्राम

क्यालसिएमः ३ सय ७० ग्राम

भिटामिनः ०.४८ मिलिग्राम

थाइमिन बि १ः ०.३३ मिलिग्राम

राइबोफ्ल्याबिन बि२ः ०.११मिलिग्राम

नाइसिन बि३ः १.२ मिलिग्राम

फाइबरः ३ ग्राम

कोदो ढिँडो तथा परिकारको फाइदै फाइदा

कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । कोदोका परिकार पचाउन सहज हुन्छ । कोटोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व पाइन्छ । कोदोका परिकार शक्ति र ऊर्जाका लागि राम्रो श्रोत हो ।

तौल घटाउन कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन । जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ ।

मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ ।

यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ । कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्‍याउँछ । कोदोमा हुने आइरनले रक्त अल्पता हुन दिदैन ।

यस्तै कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रुपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ । मधुमेहको खतराबाट बच्न कोदोको परिकार लाभदायीक छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ३ : ५८ बजे

मधेस प्रदेश सरकारका दुई नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

महेन्द्रनगर– मधेस प्रदेश सरकारका नव नियुक्त दुई मन्त्रीले पद तथा

एमालेका यी नेताले भने- यथास्थितिमा पार्टी चल्न सक्दैन, ओलीले छोड्नु पर्छ

काठमाडौं– नेकपा एमालेको बुधबारदेखि ललितपुरमा जारी दशौँ केन्द्रीय कमिटी बैठकमा

फूलखेतीबाट पाँच लाख बढी आम्दानी

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक

पोटरी स्क्वायर क्षेत्रमा माटोको भाँडामा पर्यटकको आकर्षण बढ्दै

भक्तपुर– पर्यटकीय नगरी भक्तपुरको प्रसिद्ध दरबार स्क्वायरपछि पोटरी स्क्वायर क्षेत्रमा

मनाइयो ४५ औँ विश्व खाद्य दिवस (तस्बिरहरू)

काठमाडौं– आज नेपाललगायत विश्वभर ४५औँ विश्व खाद्य दिवस मनाइएको छ