नेपाली सेना र प्रहरीका उच्च अधिकारीद्वारा आविष्कार केन्द्रको अवलोकन « Khabarhub

नेपाली सेना र प्रहरीका उच्च अधिकारीद्वारा आविष्कार केन्द्रको अवलोकन


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाल प्रहरी र नेपाली सेनाका उच्च अधिकारीहरुले रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन गरेका छन् ।

नेपाल प्रहरीको सञ्चार महानिर्देशनालयका डीआइजी राजीव सुब्बा नेतृत्वको ७ जनाको प्राविधिक टोलीले बुधबार आविष्कार केन्द्रको अवलोकन गरेको हो ।

उनीहरुले आविष्कार केन्द्रमा भइरहेका कामको अवलोकन गर्नुका साथै केन्द्रसँग प्रविधिका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावित प्रोजेक्टहरुको बारेमा छलफल गरेका थिए ।

सो क्रममा डीआईजी सुब्बाले आविष्कार केन्द्रको सहयोगका लागि ३० हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

बुधबार नै नेपाली सेनाका सहायक रथी दीपक घले गुरुङको नेतृत्वमा तीन जनाले समेत आविष्कार केन्द्रको अवलोकन गरेका थिए ।

उनीहरुले नेपाली सेनाले गर्न लागेको विज्ञान तथा प्रविधि सम्बन्धी प्रतियोगितका विषयमा समेत आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग छलफल गरे । प्रतिभाशाली नेपालीहरुले नेपाल आर्मीको लागी उपयोगी हुने कुनै प्रविधिको विकास गर्न चाहेमा राष्ट्रिय आविष्कारसँग सहकार्य गर्ने उनले जानकारी दिएका थिए ।

केही दिन अघि राष्ट्रिय आविष्कार केन्द्रका लागि अध्यक्ष पुनले  ऋण खोजेका थिए । उनले एउटा सानो स्केलको “सामानहरु बनाउने कारखाना अर्थात् Manufacturing Plant” बनाउन जरुरी भएको भन्दै फेसबुकमार्फत ४ प्रतिशत व्याजदरमा ऋण खोजेका थिए ।

यो पनि पढौं

सरकार तथा बैंक गुहार्दा सीप नचलेपछि महावीरले मागे फेसबुकमै ऋण

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ९ : ५९ बजे

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ