१५ तस्वीरमा हेर्नुहोस्, दीक्षितहरुको खुसी « Khabarhub

१५ तस्वीरमा हेर्नुहोस्, दीक्षितहरुको खुसी



काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५औँ दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा १० हजार १८३ विद्यार्थी दीक्षित भएका हुन् ।

विहीवार पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भएको दीक्षान्त समारोहमा २०७५ असार १ देखि २०७६ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका १० हजार १८३ विद्यार्थी दीक्षित भएका थिए । शिक्षामन्त्री गिरिराज पोखरेलले ती विद्यार्थीलाई दीक्षित गराएका थिए ।

सोही अवसरमा ५७औँ ग्रेस लिस्टमा सहभागी ७० हजार ७७ विद्यार्थी दीक्षित भएका थिए ।

समारोहमा विद्यावारिधितर्फ ८५, एमफिलतर्फ ४०, स्नातकोत्तर तह तथा स्नातक तह उत्तीर्ण गरेकामा कृषि तथा पशुविज्ञानमा १३२, शिक्षा सङ्कायमा ७७१, मानविकी सङ्कायमा दुई हजार ९१, इञ्जिनीयरिङ एक हजार १८६, वन विज्ञान ३३, कानूनमा १८०, चिकित्सामा ८६४, व्यवस्थापनमा तीन हजार ७०३ र विज्ञानमा एक हजार ९८ विद्यार्थी दीक्षित भएका थिए ।

सो समारोहमा शिक्षा मन्त्रीले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न ३१ पदक/पुरस्कार प्रदान गरेका थिए थियो ।

त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थिति भएपछि शिक्षामन्त्री पोखरेलले समारोहको अध्यक्षता गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताए ।

हेरौ केही तस्वीर

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ५ : ०५ बजे

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका

एमाले घोषणापत्र : श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याइने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा निर्वाचन २०८२ घोषणापत्र

एमाले नेता रामवीर मानन्धर कांग्रेसमा प्रवेश

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वमन्त्री रामवीर

विश्वकप : अफगानिस्तानले क्यानडालाई दियो २०१ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने

काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले उम्मेदवारले छत खोल्न मिल्ने गाडी (रुफटफ)