उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकार पक्राउ | Khabarhub Khabarhub

उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकार पक्राउ


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

विसं २०७३ ज्येष्ठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित पसहापुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए । केडिया अपहरणको मुख्य योजनाकार पाशवान र चालक महतोलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

उgले सिमापारीबाट आएका संदिग्ध व्यक्तिले आपराधिक घटना घटाउन योजना बनाएको गोप्य सूचनाको आधारमा गाउँपालिका–५ भिष्वामा कारवाही गर्दा पाशवन र महतो फेला परेको बताए ।

पक्राउ परेका पाशवान र महतोविरुद्ध बारा जिल्ला अदालतमा अपहरण, शरीर बन्धक, सङ्गठित अपराध, हातहतियार तथा खरखजाना मुद्दा रहेकाले आवश्यक कारवाहीका लागि दुबै अभियुक्तलाई बारा प्रहरीको जिम्मा लगाइने उपरीक्षक ढकालले सञ्चारकर्मीलाई जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहेका पाशवानले केडिया अपहरणको योजना बनाएको स्वीकार गर्दै प्रतिबन्धित लागुऔषध खरीद गर्न नेपाल आउने क्रममा पक्राउ परिएको बताए । अपहरणमा परेका केडियालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतको मोतिहारीबाट उद्धार गरिएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १ : १५ बजे

‘नर्सलाई सरकारले तोके बमोजिमको पारिश्रमिक दिन सकिदै’

काठमाडौं– नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनले नर्सलाई सरकारले

मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि …

चितवन– कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै

भृकुटीमण्डपमा तिहार ‘फ्लोरा एक्स्पो’ (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ सुरु भएको छ

जेलेन्स्कीको अमेरिका भ्रमणमा ट्रम्पसँग हवाई सुरक्षा र रूसमाथि दबाबबारे छलफल हुने

कीएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार यसै हप्ता अमेरिकाका राष्ट्रपति

कर्णाली मन्त्रिपरिषद् बैठक : सहिद स्मृति तथा जीवन निर्वाह भत्ता दिने निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रु पाँच करोड बराबरको