संसदको हिउँदे अधिवेशन आजदेखि शुरु « Khabarhub

संसदको हिउँदे अधिवेशन आजदेखि शुरु


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदको हिउँदे अधिवेशन आज शुरु हुँदैछ । राष्ट्रपति विद्या भण्डारीले संसदको पाँचौ हिउँदे अधिवेशन आज (पुस ४ गते शुक्रबार) अपरान्ह ४ बजे बस्ने गरी आह्वान गरेकी छन् ।

बैठक ४ बजेका लागि तय भएपनि बैठकको अध्यक्षता कसले गर्ने भन्ने विषय अन्योलमा परेको छ । सभामुख नभएका अवस्थामा बैठकको अध्यक्षता उपसभामुखले गर्ने संविधानमा व्यवस्था भए पनि प्रतिनिधिसभा नियमावलीमा बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान रहेकाले यो विषय अन्यौलमा परेको हो ।

संसदको हिउँदे अधिवेशन शुरु हुनुअघि आज दिउँसो एक बजे दलहरुको अनौपचारिक बैठक बस्दै छ । बैठकले उपसभामुखले बैठकको अध्यक्षता गर्ने वा ज्येष्ठ सदस्यबाट अध्यक्षता गराउने भन्ने विषयमा टुंगो लगाउने बुझिएको छ ।

नागरिकताअनुसार प्रतिनिधिसभाको जेष्ठ सदस्य राजपाका महेन्द्रराय यादव हुन्। तर, उनको नागरिकतामा उल्लेख भएको जन्ममिति गलत भएको पाइएपछि ७५ वर्षे महन्थ ठाकुरले जेष्ठ सदस्यको हैसियतमा प्रतिनिसभाका सदस्यहरुलाई शपथ गराएका थिए।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ७ : ५७ बजे

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई

धनगढीबाट डा. गोविन्द केसी २४औँ सत्याग्रह

काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग

झमककुमारीको सशक्त सन्देश- सामर्थ्यवान् शरीर हुँदाहुँदै किन ज्यान फाल्नुहुन्छ ?

जीवनले कहिलेकाहीँ यति धेरै परीक्षा लिन्छ कि हार मान्न मन