संसदको हिउँदे अधिवेशन आजदेखि शुरु | Khabarhub Khabarhub

संसदको हिउँदे अधिवेशन आजदेखि शुरु


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदको हिउँदे अधिवेशन आज शुरु हुँदैछ । राष्ट्रपति विद्या भण्डारीले संसदको पाँचौ हिउँदे अधिवेशन आज (पुस ४ गते शुक्रबार) अपरान्ह ४ बजे बस्ने गरी आह्वान गरेकी छन् ।

बैठक ४ बजेका लागि तय भएपनि बैठकको अध्यक्षता कसले गर्ने भन्ने विषय अन्योलमा परेको छ । सभामुख नभएका अवस्थामा बैठकको अध्यक्षता उपसभामुखले गर्ने संविधानमा व्यवस्था भए पनि प्रतिनिधिसभा नियमावलीमा बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान रहेकाले यो विषय अन्यौलमा परेको हो ।

संसदको हिउँदे अधिवेशन शुरु हुनुअघि आज दिउँसो एक बजे दलहरुको अनौपचारिक बैठक बस्दै छ । बैठकले उपसभामुखले बैठकको अध्यक्षता गर्ने वा ज्येष्ठ सदस्यबाट अध्यक्षता गराउने भन्ने विषयमा टुंगो लगाउने बुझिएको छ ।

नागरिकताअनुसार प्रतिनिधिसभाको जेष्ठ सदस्य राजपाका महेन्द्रराय यादव हुन्। तर, उनको नागरिकतामा उल्लेख भएको जन्ममिति गलत भएको पाइएपछि ७५ वर्षे महन्थ ठाकुरले जेष्ठ सदस्यको हैसियतमा प्रतिनिसभाका सदस्यहरुलाई शपथ गराएका थिए।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ७ : ५७ बजे

लाइसेन्स छपाइको अनुमति प्रदेश सरकारलाई दिन माग (तस्बिरहरू)

काठमाडौं– प्रदेश सरकारलाई लाइसेन्स प्रिन्ट गर्न अनुमति दिन माग गर्दै

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न

कृषि भूमिकोसंरक्षण आवश्यक : कृषिमन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले खाद्य सुरक्षालाई

चितवनमा फूल आयात रोक्न माग

चितवन– जिल्लामा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले

फजुल खर्च रोक्दै दोलखाका सहकारी !

दोलखा– जिल्लाका सहकारी संस्थाहरू यतिबेला वार्षिक साधारणसभा कार्यक्रम सकाउन केन्द्रित