यस्तो बन्यो धुर्मुस सुन्तलीको ‘फनफनी’ गीत (भिडियो) | Khabarhub Khabarhub

यस्तो बन्यो धुर्मुस सुन्तलीको ‘फनफनी’ गीत (भिडियो)


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सेन्टीभाइरस’ को गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरियो ।

‘फनफनी’ बोलको गीतमा मेलिना राई र कालीप्रसाद बास्कोटाको स्वर सुन्न सकिन्छ भने शंकर थापा स्माइलको संगीत रहेको छ । यस्तै गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।

भिडियोमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणि नेपाल लगायतलाई देख्न सकिन्छ । यी कलाकारले गीतमा मात्र नभएर फिल्ममा पनि अभिनय गरेका छन् ।

‘फनफनी’ गीतको कोरियोग्राफी शंकर बिसीले गरेका हुन् भने अञ्जली अधिकारीले पनि नृत्य प्रस्तुत गरेकी छिन् ।

यो गीत पहिले ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको फिल्मका लागि तयार पारिएको तर ‘सेन्टीभाइरस’ पहिले नै निर्माण हुने भएपछि यसैमा समावेश गरिएको निर्माण टिमले बतायो ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘सेन्टीभाइरस’ लाई शैलेन्द्र डि कार्कीले खिचेका हुन् । फिल्मको कथा भने कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।

डिन्डु लामा ह्योल्मो निर्माण गरेको फिल्ममा फुर्पा ह्योल्मो सह–निर्माताका रुपमा छन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १ : २० बजे

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङ– जेन-जी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारिसाधन जलेर नष्ट

वरुण धवनले भने- अहंकारी कलाकारसँग काम नगरे पनि हुन्छ

काठमाडौं– बहुप्रतिक्षित फिल्म सन्नी संस्कारीकी तुलसी कुमारीको ट्रेलर सोमबार सार्वजनिक

कुलमान पुगे जेन–जी आन्दोलनका शहीद महर्जनको घर

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र

एमाले उपाध्यक्ष बादलले दिए सुशीला कार्की नेतृत्वको सरकारलाई ‘अनागरिक’ को संज्ञा

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नागरिकहरूबाट