मलेसियाले श्रमिकको न्युनतम पारिश्रमिक बढाउन, नेपाली कामदारलाई फाइदा « Khabarhub

मलेसियाले श्रमिकको न्युनतम पारिश्रमिक बढाउन, नेपाली कामदारलाई फाइदा


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गर्ने भएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी कामदारको पारिश्रमिक बृद्धि गर्ने भएको हो ।

मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकहरुको न्यूनतम तलब १२ सय रिंगिट हुनेछ । तलव बढेपछि प्रत्येक कामदारले न्यूनतम मासिक तलब करिब ३३ हजार रुपैयाँ हुनेछ ।

अहिले मलेसियामा काम गर्ने कामदारको न्यूनतम तलब ११ सय रिंगेट छ । मलेसियाको वर्तमान गठबन्धन सरकार आउनु अघिको निर्वाचनका क्रममा हालको सत्तारुढ गठबन्धनले मजदुरहरुको न्यूनतम तलब १५ सय रिंगिट बनाउने प्रतिबद्धता जनाएको थियो ।

मलेसियाली सञ्चार माध्यम द सन दैनिकमा न्यूनतम तलब लागू हुने ५७ वटा शहरमा कार्यरत श्रमिकलाई एकै पटक न्यूनतम पारिश्रमिक लागू गर्ने जनाइएको छ ।

मलेसियन सरकारको यो निर्णयले नेपाली कामदारलाई पनि फाइला पुग्ने छ । अब जनवरीदेखि मलेसियामा काम गर्ने सबैको तलब वृद्धि हुनेछ । मलेसिया नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मुलुक हो ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १ : ५७ बजे

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन

रोहितले शतक हान्दा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक