कमाइ र लोकप्रियतामा विराटले सलमान खानलाई पछि पारे, कसले कति कमाए ? | Khabarhub Khabarhub

कमाइ र लोकप्रियतामा विराटले सलमान खानलाई पछि पारे, कसले कति कमाए ?


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले कमाइ तथा लोकप्रियतामा बलिउड स्टार सलमान खानलाई पनि पछि पारेका छन् ।

फोर्ब्स म्यागजिनले तयार गरेको भारतका १०० हस्तीहरुको सूचीमा यसपटक विराट कोहली पहिलो नम्बरमा आएका हुन् । सूचीनमा पछिल्लो तीन वर्षमा सलमान खानको नाम सबैभन्दा माथि थियो ।

यससँगै विराट यो सूचीमा पहिलो नम्बरमा हुने पहिलो खेलाडी बनेका छन् ।

सूचीलाई विज्ञापनबाट हुने कमाइ र उनको लोकप्रियताको आधारमा तयार गरिने गरिएको छ ।

फोर्ब्सका अनुसार २५२.७२ करोड रुपैयाँ कमाइका साथ विराट सबैभन्दा माथि रहेका छन् । दोस्रो नम्बरमा अक्षय कुमार छन् । जसको कमाइ २९३.२५ करोड रुपैयाँ रहेको छ । ज्यादा कमाइका बाबजूद लोकप्रियताको मामलामा विराटभन्दा कमजोर हरका कारण अक्षय दोस्रो स्थानमा रहेका छन् ।

२२९.२५ करोड रुपैयाँ कमाइका साथ सलमान खान यस पटक तेस्रो नम्बरमा पुगेका छन् ।

अमिताभ बच्चन तथा एमएस धोनी क्रमश चौथो र पाँचौ स्थानमा रहेका छन् । उनीहरुको कमाइ क्रमश २३९.२५ करोड र १३५.९३ करोड रहेको छ । छैठौं र सातौं स्थानमा क्रमश शाहरुख खान र रणवीर सिंह रेका छन् । उनीहरुको कमाइ क्रमश १२४.३८ करोड र ११८.२ करोड रहेको छ ।

टप टेनमा दुई जना महिला पनि अटाएका छन् । जसमा ५९.२१ करोडका साथ आलिया आठौं र ४८ करोड रुपैयाँका साथ दीपिका पादुकोण १० औं स्थानमा रहेकी छिन् । पूर्व क्रिकेटर सचिन तेन्दुलकर ७९.९६ करोड रुपैयाँ कमाइ गर्दै ९ औं स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  २ : ३३ बजे

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत