फेसबुक कर्मचारीहरूको तलब विवरण नै चोरी भएपछि ! « Khabarhub

फेसबुक कर्मचारीहरूको तलब विवरण नै चोरी भएपछि !


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- करिब २९ हजारजना फेसबुक कर्मचारीहरूको गोप्य राखिनु पर्ने तलब विवरण नै चोरी भएको छ ।

पार्किंग क्षेत्रमा राखिएको एक फेसबुक कर्मचारीको गाडीमा भएको २९ हजारजना फेसबुक कर्मचारीको तलब विवरण सहितको हार्ड डिस्क चोरी भएको हो । उक्त चोरीको घटना गत महिना अर्थात् नोभेम्बरको १७ तारिखमा भएको थियो ।

चोरी भएको तीन दिनपछि मात्र फेसबुकले हार्डडिस्क हराएको कुराको जानकारी पाएको थियो । नोभेम्बर २९ मा आएर मात्र फेसबुकले यो हार्ड डिस्कमा कर्मचारीहरूको तलब विवरण रहेको निष्कर्ष निकालेको थियो ।

चोरी भएको हार्ड डिस्कमा रहेका विवरणहरूमा कुनै पनि प्रकारको सुरक्षा विधि अपनाइएको थिएन । यसर्थ, सो हार्ड डिस्कका फाइलहरूलिई इन्क्रिप्ट गरिएको थिएन । जसले गर्दा चोरी गर्ने व्यक्ति वा समूहलेल २९ हजार फेसबुक कर्मचारीको तलब विवरण हेर्न र पढ्न पाएका छन् ।

हार्ड डिस्कमा फेसबुक कर्मचारीको नाम, बैंक सम्बन्धित जानकारी, तलबको जानकारी, बोनसको विवरण जस्ता गोप्य जानकारीहरू थिए ।

चोरी भएको हार्ड डिस्क हालसम्म नभेटिए पनि अहिलेसम्म त्यहाँ भएका जानकारीहरू दुरुपयोगको कुनै पनि जानकारी आएको छैन । तर यो डेटाहरू जुन सुकै समयमा पनि अनलाइन लिक हुन सक्ने सम्भावना छ ।

फेसबुकका अनुसार कर्मचारीले कर्मचारी विवरण भएको हार्ड डिस्क आफूसँग लैजान नमिल्ने थियो । कम्पनीको नियम तोडे पछि फेसबुकले सम्बन्धित कर्मचारीलाई आवश्यक पर्ने कारबाही गरिसकेको छ । तर उक्त कर्मचारीलाई कस्तो कारबाही गरियो भन्ने जानकारी फेसबुकले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १ : ०७ बजे

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा