जलाउँदै गरेको शव प्रहरीले किन लियो नियन्त्रणमा ? | Khabarhub Khabarhub

जलाउँदै गरेको शव प्रहरीले किन लियो नियन्त्रणमा ?


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको पचरौतामा शंकास्पद अवस्थामा जलाउन लागेको भन्दै शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले जल्दै गरेको शव फेला पार्दासम्म शरिरको अधिकांश भाग जलिसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जलिरहेको शव निभाएर मासु परीक्षणको लागि लगिएको प्रहरीले जनाएको छ ।

पचरौता नगरपालिका १ पिपरपातीकी ४० वर्षीया मालती देवी नुनियाको शव नेपाल भारत सिमा दशगजा नजिकै जमुनी खोलाको किनारमा जल्दै गरेको अवस्थाबाट प्रहरीले शव नियन्त्रणमा लिएको हो ।

मालतीलाई उनकै श्रीमान रामयाद महतो नुनियाले हत्या गरि जलाउन लगेको आशंका प्रहरीले गरेको छ ।

भारतको मोतिहारी माइती भएकी मालतीको शंकास्पद मृत्यु भएको खबर मालतीकै फुपाजुका छोरा राजकुमार महतोले प्रहरी चौकी पिपरपातीलाई खबर गरेका थिए ।

उनले दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, एसपी बिकासराज खनालसहितको टोली बिहान ११ बजे मालतीको घर पुगेको थियो । तर उनीहरु घरमा नभएपछि प्रहरीले खोजी गरेको थियो ।

खोजतलासको क्रममा प्रहरीले बस्तीभन्दा करिब ४०० मिटर पर जल्दै गरेको अवस्थामा शव फेला परेको प्रहरी चौकी पिपरपातीका प्रहरी सहायक निरीक्षक शेष राहुल्लाहले जानकारी दिए ।

मृतक मालतीका दुई छोरा मध्ये सात वर्षीय एक छोरा फुपुको घरमा बस्दै आएका छन् भने अर्का छोरा श्रीमान् र सासुसँगै फरार रहेका छन् ।

उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  २ : ४७ बजे

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भोजपुर– अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ