साताको शेयर बजार : एक अर्ब ७२ करोडको कारोबार | Khabarhub Khabarhub

साताको शेयर बजार : एक अर्ब ७२ करोडको कारोबार


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अघिल्लो साता उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक यस साता भने निरन्तर घट्दो क्रममा रह्यो । साताभर कूल १७२ कम्पनीका शेयर कारोवार भए ।

दुई सातादेखि लगातार बढेको शेयरबजार तेस्रो साताको प्रारम्भमै भने ओरालो लाग्यो । साताभर कूल ६५ लाख २१ हजार ३४ कित्ता शेयर रु एक अर्ब ७१ करोड ९९ लाख आठ हजार ७९२ मूल्यमा खरीद बिक्री भए ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन नै कारोवार मापक सूचक ४.७८ अङ्कले घटेर एक हजार १६७ अङ्कमा झर्‍यो । कूल १७२ कम्पनीको २० लाख ७२ हजार २३६ कित्ता शेयर रु ६८ करोड ६० लाख ७६ हजार १११ मा किनबेच भयो ।

गत मङ्सिर १६ देखि शेयरबजार लगातार बढ्दो क्रममा थियो । लगातार आठ कारोवार दिनमा सूचक ६० अङ्कले बढेको थियो । तर, यस साताको पहिलो दिन आइतबार नै बजारले नकारात्मक लय समात्यो ।

यस्तै सोमबार नेप्से परिसूचक पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक १३ दशमलव ७५ विन्दुले घटेर एक हजार १५४ दशमलव ११ मा पुग्यो । कारोवारमा कूल १६६ कम्पनीको १३ लाख ७१ हजार १३४ कित्ता शेयर रु ४० करोड ७९ लाख ५५५ मूल्यमा खरीद बिक्री भए ।

यस्तै मङ्गलबार नेप्से परिसूचक झिनो अङ्कले बढ्यो । त्यस दिन नेप्से १.२६ विन्दुले बढेर एक हजार १५५.३७ विन्दुमा पुग्यो । कूल १६७ कम्पनीको आठ लाख ४० हजार ६७७ कित्ता शेयर रु २७ करोड ९२ लाख ४४ हजार १३५ मूल्यमा खरीद बिक्री भए ।

बुधबार भने नेप्से परिसूचक ३.३० अङ्कले घटेर एक हजार १५२.०७ मा पुग्यो । परिसूचक घटेसँगै कारोवार रकम पनि खुम्चियो । कूल १६५ कम्पनीका नौ लाख ४७ हजार ८५३ कित्ता शेयर रु २९ करोड ४७ लाख नौ हजार ८५८ मा खरीद बिक्री भए ।

साताको अन्तिम दिन नेप्से पुनः ओरालो लाग्यो । त्यस दिन नेप्से २.४२ विन्दुले ओरालो लागेर एक हजार १४९.६४ विन्दुमा पुग्यो । कूल १४१ कम्पनीको कूल १२ लाख ८९ हजार १३४ कित्ता शेयर रु ४१ करोड ९० लाख ८८ हजार १३३ मूल्यमा खरीद बिक्री भए ।

साताभर विभिन्न पाँच कम्पनीका शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका छन् । नेप्सेका अनुसार बेस्ट फाइनान्स कम्पनीको एक लाख ८८ हजार ९८० कित्ता हकप्रद शेयर सूचीकृत भयो ।

यस्तै बोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख १० हजार ८८० कित्ता हकप्रद, बैंक अफ काठमाडौँको ४८ लाख ३७ हजार ८६० कित्ता शेयर लाभांश, सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद शेयर र एनआइसी एशिया बैंकको ८८ लाख ३४ हजार २२८ कित्ता शेयर लाभांश सूचीकृत भए ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ४ : ३८ बजे

म्याक्रोंले गलत बोले, म जी–७ बाट फर्किनु र इजरायल-इरान युद्धविरामबीच कुनै सम्बन्ध छैन : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानाडामा भएको जी–७ शिखर

सङ्घीय निजामती विधेयक आज पारित गरिँदै

काठमाडौँ – सरकारी कर्मचारी र प्रशासन क्षेत्रले महत्वका साथ पर्खिरहेको

लोकतान्त्रिक शासन प्रणालीमा न्यायालय

लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र, निष्पक्ष र विश्वसनीय न्याय व्यवस्था हो। जब

सबैलाई चकित पार्दै जी–७ सम्मेलन छाडेर अमेरिका फर्किए ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा जारी जी–७ सम्मेलनमा सबैलाई

दिगो आर्थिक रूपान्तरण आजको आवश्यकता हो : प्रवक्ता महत

गलकोट– पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दिगो