होन्डुरस जेलमा कैदीबीच झडप, कम्तीमा १८ जनाको मृत्यु « Khabarhub

होन्डुरस जेलमा कैदीबीच झडप, कम्तीमा १८ जनाको मृत्यु


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

होन्डुरस- होन्डुरसमा कैदीहरूको दुई समूहबीच भएको झडपमा १८ जनाको मृत्यु भएको छ । जेल भित्रै कैदीबन्दीबीच झडप भएको थियो ।

घटनामा कम्तीमा १६ जना अन्य घाइते भएका छन् । घाइतेहरूलाई तेला सहरस्थित विभिन्न अस्पतालमा उपचार भैरहेको सरकारी अधिकारीले बताएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार साँझ बन्दगाह सहर तेलामा भडप भएको थियो । झडपमा १७ को जेलभित्र घटनास्थलमा नै मृत्यु भएको र एक अन्यको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनालाई स्थानीय सञ्चारमाध्यमहरूले फरक फरक समूहका कैदीबीच भएको विवादका कारण भएको हिंसात्मक घटना बताएका छन् ।

घटनास्थल अहिले प्रहरीको नियन्त्रणमा आइसकेको र थप सम्भावित आक्रमण हुन नदिन सावधानी अपनाइएको होन्डुरस प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ६ : ५९ बजे

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा १५ वर्षीय बालक महाकालीमा बेपत्ता

दार्चुला– दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता

बारा कांग्रेसमा भुइँचालो : फरमुल्लाहलाई असहयोगपछि जिल्ला सभापतिसहित १६ नेतामाथि कारबाही सिफारिस

काठमाडौं- गत फागुन २१ गतेको चुनावमा पराजय भोगेसँगै नेपाली कांग्रेस