गणेश लामा र रमेश बाहुन समूहका २ जना ‘गुण्डा’ पक्राउ | Khabarhub Khabarhub

गणेश लामा र रमेश बाहुन समूहका २ जना ‘गुण्डा’ पक्राउ


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले गुण्डा नाइकेहरु गणेश लामा र रमेश वाहुन समूहका २ जनालाई ‘सदस्य’लाई पक्राउ गरेको छ ।

व्यवसायीहरुलाई धम्क्याएर जबरजस्ती चंदा असुल गर्ने गरेको भेटिएपछि महानगरीय अपराध महाशाखाको टोलीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुण्डा नाइके रमेश बाहुन समूहका दूर्गा राई छन् । राई हातहतियार तथा खरखजाना मुद्दामा ५ वर्ष जेल जीवन विताएर रिहा भएका अभियुक्त समेत हुन् ।

प्रहरीका पछिल्लो समय उनले राजधानी काठमाडौंको कोटेश्वर क्षेत्रमा चंदा आतंक तीव्र पाएका थिए ।

यस्तै, गणेश लामा समूहबाट हाल दावा लामा समूहमा आएका अर्का ‘गुण्डा’ विष्णु धिताललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

धिताललाई शुक्रबार साँझ पेप्सीकोला क्षेत्रबाट पक्राउ गरिएको महानगरीय अपराध मशाखाका प्रमुख एसएसपी शहकुल थापाले जानकारी दिए ।

थापाका अनुसार दावा लामा समूहका धितालले पनि पछिल्लो समय गिट्टी तथा बालुवासँग सम्बन्धित व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई धम्क्याएर चंदा संकलन गर्ने गरेका थिए ।

प्रहरीले पक्राउ परेका दुवैजनाविरुद्ध आइतबार म्याद थप गरेर अनुसन्धान थाल्ने जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १२ : २६ बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन