नर्सिङ संघको निर्वाचन: आज राति १२ बजे पछि प्रचारप्रसार गर्न नपाईने | Khabarhub Khabarhub

नर्सिङ संघको निर्वाचन: आज राति १२ बजे पछि प्रचारप्रसार गर्न नपाईने


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ संघका उम्मेदवारहरुले आज (आइतबार) राति १२ बजेदेखि मतदानका लागि प्रचारप्रसार गर्न नपाउने भएका छन् ।

संघको नयाँ कार्य समितिका लागि बुधबार (पुस ९ गते) हुने लागेको निर्वाचनका लागि उम्मेदवारहरुले आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाईने निर्वाचन समितिले जनाएको छ ।

समितिले सूचना जारी गर्दै बुधबार बिहान ९ बजेदेखि ५ बजे मतदान कार्य हुने भएकाले आज राती १२ बजेदेखि कुनै पनि उम्मेदवार वा दलको पक्ष विपक्षमा मतदान गर्ने वा नगर्ने उदेश्यले प्रचार प्रचार गर्न नपाइने जनाएको छ ।

निर्वाचन समितिले आज राती १२ बजेदेखि मौन अवधि शुरु हुने भएकाले निवार्चनको प्राचारप्रसारका लागि सभा, जुलुस वा नारावाजी पूर्ण रुपमा निषेद गरेको जनाएको छ ।

निवार्चन समितिले मौन अवधिमा निवार्चनको प्रचारप्रसार गरेको पाइएका २५ हजार जरिवाना हुनसक्ने जनाएको छ । यस्तै बुधबार हुने संघको निर्वाचनमा मतदाताले संको सदस्याताको कार्ड अनिवार्य रुपमा ल्याउनुपर्ने जनाएको छ ।

संघको निर्वाचन समितिले यसअघि नै निर्वाचनको मतदान केन्द्रहरु तोकिसकेको छ । संघको १९ औं निर्वाचन काठमाडौं सहित २१ जिल्लामा एकैसाथ हुँदै छ ।

संघमा अध्यक्ष पदका लागि प्रगतिशीलको तर्फबाट मन कुमारी राई र पेसागत तर्फबाट मुना राना थापाको दुई प्यानल मैदानमा उत्रिएको छ ।

प्रगतिशील प्यानलबाट अध्यक्ष पदकी उम्मेदवार राईले १९ बुँदे घोषणापत्र र पेसागत प्यानलकी अध्यक्ष पदकी उम्मेदवार थापाले २१ बुँदे घोषणपत्र सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ४ : २९ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार