दर्शकले कस्तो प्रतिक्रिया दिइरहेका छन् ‘आमा’ को ट्रेलरलाई? « Khabarhub

दर्शकले कस्तो प्रतिक्रिया दिइरहेका छन् ‘आमा’ को ट्रेलरलाई?


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ को ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । यो समाचार तयार पार्दासम्म फिल्मको ट्रेलर नेपालको युट्युब ट्रेन्डिङमा दोस्रो नम्बरमा छ ।

सुरक्षा पन्त, मिथिला शर्मा, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्मलाई युट्युबमा राम्रो प्रतिक्रिया मिलेको छ ।

स्टोलन पिस नामक युट्युब प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘दीपेन्द्र के खनाल फेरि ब्याक भएजस्तो छ, पशुपति प्रसादपछि उनीमाथि धेरै आशा थियो, ट्रेलर राम्रो छ ।’

युट्युब प्रयोगकर्ताले ट्रेलरले मन जितेको र आमा शब्दले नै धेरैको मन जित्ने प्रतिक्रिया दिएका छन् ।

‘यो फिल्म नेपाली फिल्ममध्ये सबैभन्दा राम्रो फिल्म हुनसक्छ,’ गणेश पोखरेलले लेखेका छन् । यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘खासमा म नेपाली फिल्म त्यति मन पराउँदिन तर यो ट्रेलरमा केही दम छ जस्तो छ, आमा शब्दको अर्थ बोकेको छ जस्तो लागेको छ ।’

सविना लामिछानेले लेखेकी छिन्, ‘कस्तो राम्रो कलरिङ, विदेशी फिल्ममा जस्तो ।’

त्यसो त युट्युबमा सकारात्मक प्रतिक्रिया आउँदैमा हलमा दर्शकले साथ दिन्छन् भन्ने हुँदैन । यद्यपि यी प्रतिक्रियाले केही न केही प्रभाव भने पार्न सक्छ ।

शर्मिला पाण्डेको निर्माण रहेको यो फिल्ममा कथा र छायांकन दीपेन्द्र के खनालकै रहेको छ । दीर्घ खड्काले सम्पादन गरेको फिल्म फागुन ९ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

यस्तो छ ट्रेलर:

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ७ : ५१ बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा