साताको दोस्रो दिन पनि नेप्से उकालो | Khabarhub Khabarhub

साताको दोस्रो दिन पनि नेप्से उकालो


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको दोस्रो दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ ।

आइतबार सामान्य अंकले उकालो लागेको नेप्से सोमबार १७.७७ अंकले बढेर ११६८.५८ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५४ प्रतिशतको वृद्धि हो ।

आज कूल ५९ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कूल १७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता शेयर किनबेच भएको छ । जसमध्ये शिवम् सिमेन्टको सबैभन्दा बढी ५ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

साेमबार कूल ६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी नागरिक लगानी कोषका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ९.९२, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.८६, शिवम् सिमेन्टको ९.८६, गुराँस लघुवित्त वित्तीय संस्थाको ९.८४ र सिर्जना फाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ९.७१ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका १२ कम्पनी मध्ये म्युचअल फण्ड बाहेक बाँकी समूह उकालो लागेका छन् । जीवन बीमा १७०, निर्जीवन बीमा १५८ र उत्पादनमूलक समूह ११३ अंकले बढेका छन् ।

सोमबार पाँचथर पावर कम्पनीको शेयर मूल्य ७.०२ प्रतिशतले घटेको छ । बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १०६ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ५ : १५ बजे

फूल लिन घरमै पुगे व्यापारी, बढ्यो मूल्य

भक्तपुर – मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन

विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको

द क्लिफमा हाइलाइन अभ्यास

काठमाडौं- पर्वतको कुस्मा र बाग्लुङको बलेवाबीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन

नागरिक समूहको अध्यक्षमा दाहाल

काठमाडौं– सुशासन र भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा विष्णुहरि

रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसको रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु